CG Electronics
Ncell NPL
TATA Banner

बजेट बनाउँदै राखेप- नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

 

आर्थिक वर्ष २०८१/८२ को बजेटमा नेताहरुका नाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि बजेट नछुट्याइने भएको छ ।

नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड बिनियोजन गर्ने गरी योजनाहरु पेश गर्न भनिएको छ ।

 

आर्थिक वर्ष २०८०/८१ मा युवा तथा खेलकुदमन्त्रालयमा २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो । युवा तथा खेलकुद मन्त्रालयको झण्डै ८० प्रतिशत राष्ट्रिय खेलकुद परिषद् राखेपमार्फत खर्च हुने भएकाले अहिले राखेपले योजनाहरु बनाइरहेको छ ।

युवा तथा खेलकुदमन्त्री अध्यक्ष रहने राखेपले नयाँ आर्थिक वर्षमा नेताहरुका नाउँमा आयोजना हुने प्रतियोगिताहरुका लागि कुनै पनि बजेट नदिने नीति लिएको खेलकुदमन्त्रीको स्वकिय सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

गतवर्ष मदन भण्डारी स्मृति खेलकुद प्रतियोगिता संचालन गर्न मदनभण्डारी स्पोर्टस एकेडेमीलाई ५० लाख, गणेशमान सिंह स्मृति राष्ट्रिय महिला तथा पुरुष बक्सिङ प्रतियोगिता सञ्चालन अनुदान ५० लाख, साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता ७ लाख, गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताका लागि ७ लाख, प्रज्ञा स्मृति साईक्लिङ प्रतियोगिताका लागि १५ लाख, रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजनाका लागि १० लाख बजेट विनियोजन गरेको थियो ।

 

यसरी नेता तथा विभिन्न व्यक्तिका नाउँमा प्रतियोगिता आयोजना हुँदा झण्डै डेढ करोड भन्दा माथिको बजेट खर्च हुने गरेको थियो । तर, मन्त्रालयले बजेट कटौती गर्न लागेको थाहा पाएपछि विभिन्न नेताहरुका नाममा खुलेका प्रतिष्ठान तथा संस्थाहरुले बजेट राख्नै पर्ने गरी दबाब पनि दिएका छन् ।

खेलकुद मन्त्रालयले आज शुक्रबारसम्ममा सबै योजनाहरुलाई अन्तिम रुप दिएर अर्थ मन्त्रालयमा पठाउने छ । खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसहितले नेताहरुका नामका प्रतियोगिताहरुलाई बजेट नछुट्याउने निर्णय गरे पनि अर्थ मन्त्रालयबाट दबाब दिएर आफूहरुका कार्यक्रमलाई निरन्तरता दिने रणनीति सत्तारुढ दल निकटका व्यक्तिहरु लागेका छन् ।

 

खेलकुदमन्त्रीका स्वकीय सचिव ज्ञवालीले दबाब आएको स्वीकार गर्दै समग्र खेलकुदको विकासका लागि मन्त्रालयले काम गरिरहेकाले कोही पनि आत्तिन नपर्ने बताए । उनले कनिका छरेजस्तो नभई नतिजा निकाल्ने गरी खेलकुदमा बजेट आउने बताए ।

 

अहिलेको बजेटले काठमाडौं उपत्यका भन्दा पनि मोफसललाई केन्द्रमा राखेर बजेट बनाइरहेको पनि बताए । उनले भने, ‘हामीले यसपटक इ स्पोर्टसदेखि युवाहरुलाई फेलोसिप दिने देखि पूर्वाधार निर्माणमा केन्द्रीत हुन्छौं ।’

 

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले नेताको नाममा खेलकुद प्रतियोगिताका लागि बजेट कटाउनु दुर्भाग्यपूर्ण रहेको बताए । नेपालको राजनीतिक इतिहासमा सम्मानित नेताहरुको ठूलो भूमिका रहेको र अहिले चिठ्ठा परेर सांसद र मन्त्री भएकाहरुले बजेट कटौती गर्नु नेताहरुकै अपमानको रुपमा लिएको बताए ।

 

उनले भने, ‘राजनीतिक कालखण्डमा नेताहरुको योगदान उच्च रहेको छ, उहाँहरुले गरेको योगदानको कदरस्वरुप प्रतियोगिता आयोजना हुँदा समग्र खेलकुदकै विकास हुने कुरालाई रोक्न खोज्नु दुर्भाग्य हो ।’ उनले अहिले पनि मदन भण्डारी, गणेशमान सिंह लगायत नेताका नाममा हुने प्रतियोगिताले नेपाली खेलकुदमा राम्रो काम गरेको दाबी गरे ।

 

यसैगरी, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले पनि नेताहरुका नाममा भएका प्रतियोगिताले नेपाली खेलकुदकै विकासमा योगदान गरेको कुरा भुल्न नहुने बताए ।

 

आफूहरुले केही दिन पहिला कांग्रेस नेताहरुका नाममा प्रतियोगिता आयोजनाका लागि नयाँ बजेटमा व्यवस्था गर्नका आग्रह गरेको बताउँदै सम्मानित नेताहरु कसैको पनि अपमान नगर्न युवा तथा खेलकुदमन्त्रीलाई आग्रह गरेका छन् ।

CG Electronics
कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:२८

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक...

वि.सं.२०८२ मंसिर २२ सोमवार ०८:१५

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर...

वि.सं.२०८२ मंसिर २१ आइतवार २१:५९

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड हुनेगरी काम गर्न आग्रह

प्रेस काउन्सिल अध्यक्ष डा.शर्मालाई नियुक्तिपत्र, इतिहासमा रेकर्ड...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:५२

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्षमा डा. कुमार शर्मालाई नियुक्त...

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले नाम

ढुकुर जोडीले शाखा अधिकृतमा सँगै यसरी निकाले...

वि.सं.२०८२ मंसिर २१ आइतवार २०:१८

  काठमाडौँ । नेपाली समाजमा श्रीमान् श्रीमतीलाई एउटै रथका दुई...

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन् : शिक्षामन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीले दुःख पाएका छन्...

वि.सं.२०८२ मंसिर २१ आइतवार ०९:२४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका...