Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ

 

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले नियमसंगत सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गरे सरकारसँग अत्तिन नपर्ने बताएका छन् । उनले व्यवसायिलाई सरकार सहयोग गर्न तत्पर रहेको समेत बताए ।

शुक्रबार हेटौंडामा भएको नेपाल औषधि व्यवसायी संघको तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले सर्वसुलभ औषधिको उपलव्धतालाई मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशमा भएका सबै औषधी व्यवसायीसँगै उत्पादन गर्ने देखि आयात र निर्यात गर्नेहरुलाई समेत एक बनाएर अगाडि बढ्न सुझाएका उनले औषधि व्यवसायलाई थप व्यवस्थित ढंगबाट अगाडी बढाएर आर्थिक अनुशासन देखिने गरी कार्य गनुपर्ने धारणा राखे । उनले सरकार व्यवसायीमैत्री हुने बताए ।

‘औषधीको गुणस्तरमा ध्यान दिनु सरकारी पक्षको मात्र काम होइन । यसमा निजी संस्थाका व्यवयासी साथीले पनि आफ्नो दायित्व पूरा गर्न सक्रिय रुपमा लाग्नुहुन्छ भन्ने विश्वास लिएको छु,’ मन्त्री श्रेष्ठले भने । उनले थपे, ‘ औषधी व्यवसायीलाई बलियो बनाउन बागमती प्रदेश मन्त्रालय सधै तत्पर रहन्छ ।’

सबै औषधी व्यवसाय नाफामुलक नहुने तर कुनै व्यवसाय समाजमा नाफा कमाउनकै लागी खोलिने भएकाले त्यस्ता व्यवसायलाई शुद्धिकरण गर्दै लैजान मन्त्री श्रेष्ठले व्यवसायीलाई सुझाउँदै नँया नेतृत्व लिएर आउनेले औषधी व्यवसायीको हितको लागी काम गर्नुपर्ने धारणा राखे ।

 

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...