Nabil Bank
prabhubank
nic bank

सेयर बजार १४.३३ अंकले बढ्यो, कारोबारमा सामान्य सुधार

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । साताको पहिलो दिन सरकारले तेस्रो लगानी सम्मेलन गरिरहेका बेला सेयर बजारको संकेत पनि सकारात्मक छ । बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा आइपुगेको छ ।

६८ लाख ७८ हजार १६९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ३.२४ अंकले घट्दै १९६५.९३ को विन्दुमा थियो भने ६३ लाख १२ हजार ५ सय ५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँमा किनबेच भएको थियो ।

आइतबार १३ मध्ये व्यापारबाहेक सबै उपसमूह बढेका छन् । सर्वाधिक ३.९८ प्रतिशतको बढोत्तरी देखिएको फाइानान्स उपसमूहले बजार परिसूचक उचालेको हो । सेयरमूल्य बढ्ने र कारोबार उल्लेख्य हुनेमा फाइनान्स कम्पनी नै अघि आएका छन् ।

१७९ कम्पनीको सेयरमूल्य बढेको छ भने ५६ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।

सेयरमूल्य बढ्नेमा पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, बेस्ट फाइनान्स, किसान लघुवित्तलगायत छन् ।

सेयर कारोबार धेरै हुनेमा पोखरा फाइनान्स अगाडि छ । उक्त कम्पनीको १३ करोड ५ लाखको सेयर किनबेच भएको छ । यस्तै मन्टिपर्पोज फाइनान्सको १० करोड ९ लाख, पिपुल्स पावरको ९ करोड ८५ लाख, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख, नेपाल फाइनान्सको ६ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयरमूल्य घट्नेमा रिभर फल्स पावर, एनआइसी एसिया ग्रोथ फण्ड–२, गरिमा डिबेञ्चर–२०८५, छ्याङदी हाइड्रोपावरलगायत छन् ।

 

 

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:१९

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ...

सेयर बजार ८.२६ अंकले बढ्यो, कारोबार रकममा सुधार

सेयर बजार ८.२६ अंकले बढ्यो, कारोबार रकममा...

वि.सं.२०८१ वैशाख ३० आइतवार १८:५५

  काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सुधार छ...

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्विकृति

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासनको लागि...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०८:५४

  काठमाडौं । विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी...

सेयर बजार परिसूचक घट्यो, फाइनान्स उपसमूहको भने अस्वाभाविक बढोत्तरी

सेयर बजार परिसूचक घट्यो, फाइनान्स उपसमूहको भने...

वि.सं.२०८१ वैशाख २६ बुधवार १७:११

  काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति...

वि.सं.२०८१ वैशाख १८ मंगलवार २२:२९

  नागरिक लगानी कोष(CIT)ले सुपर खूदी हाइड्रोपावर लिमिटेड(SKHL)को सेयर प्रत्याभूति...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...