BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

 

आईएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् ।

आईएमई ग्रुपमा मङ्गलबार एक विशेष कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बिच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पिटी पिएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो ।

यस समझदारी अन्तर्गत, पिटी पिएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ ।

पिटी पिएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ।
यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशहरूमा सेवा विस्तार गरिसकेको छ ।

आईएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई यो समझदारी मार्फत उपयोग गर्न सकिनेमा विश्वस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

आईएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा, पर्यटनपूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको...

वि.सं.२०८१ भदौ २३ आइतवार १८:१०

    काठमाडौं . सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड...

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:३२

  काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:१८

  काठमाडौँ । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार...

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा...

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:५४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार...

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:३२

काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको...

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:१७

  काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका...