नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने
Tuesday Apr 30, 2024
वि.सं.२०८१ वैशाख १८ मंगलवार २२:२९
नागरिक लगानी कोष(CIT)ले सुपर खूदी हाइड्रोपावर लिमिटेड(SKHL)को सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्नेछ ।
सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको जानकारी दिएकाे छ ।