CG Electronics
Ncell NPL
NIMB

फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पा, भक्तपुरमा आगमन सँगै नेपालमा प्रवेश

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फच्र्यून होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका संचालकहरुले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रुपमा भारतीय होटल संजालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै फच्र्यून होटेल्स्का प्रवन्ध निर्देशक समिर एमसीले भनेः “नयाँ आर्थिक वर्ष ०८१÷८२ को शुरुवातमै फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौँ । भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हामी दक्षिण एसिया र नजिकका अरु देशहरुमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ र आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो । सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराहरुले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकहरुको पहिलो रोजाईमा पर्छ । त्यसैले हामी हाम्रो संजालको प्रयोग गर्दै फच्र्यून होटेल्स्को सुविधाहरु नेपालमा ल्याउन चाहन्छौँ ।”

हिलटेक हेल्थ एण्ड होम्स् प्रा.लि.का अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै समिर एमसीले थप भने,“भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दै–गर्दा सांस्कृतिक रुपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रुपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल संचालकहरुलाई बधाई दिन चाहन्छौँ। विश्वकै अग्लो शिव मुर्ती मध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ । यो अवधारणाले नेपाल आउने पर्यटकहरुको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ ।”

शान्त वातावरणमा अवस्थित फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ती खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाईएको छ ।

कम्पनीका अनुसार रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ्ग पुल जस्ता विभिन्न आरामदायी सुविधाहरु उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ ।

शाकाहारी खानाका पारखीहरुलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरु उपलब्ध छन् । साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरु उपलब्ध हुने रिसोर्टले जनाएको छ । थरि थरिका स्वादिष्ट भोजन र पुल बारको साथ रिसोर्टले आफ्ना ग्राहकहरुलाई सर्वाेत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

थुप्रै फराकिलो व्याङ्कवेटहरु रहेको रिसोर्टले वैवाहिक गन्तव्यको रुपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ । रिसोर्टमा ८,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फङ्कसन क्षेत्र र ११,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ्ग पुल रहेको छ । यो सबै कुराहरुले यस रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य बनाउँछ जहाँ करिब ६०० पाहुनाहरु आरामले अटाउँने कम्पनीले जनाएको छ।

रिसोर्टमा पार्टि र बैठकको लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको छ । ठूला सामाजिक कार्यहरु, सम्मेलनहरू र विशेष जमघटहरू आयोजना गर्नका लागि सुन्दर ढङ्गले बनाइएको र उपयुक्त रूपमा सुसज्जित रिसोर्ट सबै उत्सवहरूको लागि उत्कृष्ट गन्तव्य हुन सक्ने कम्पनीको दाबी छ।

फच्र्यून होटेल्स्सँगको सहकार्य बारेमा बोल्दै कमल जैनले भने, “फच्र्यून होटेल्स्सँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी छौं । फच्र्यून होटेल्स् एक चर्चित होटल संजाल मात्र नभएर हाम्रो लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो । फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ । हामी आतिथ्यताको पभिाषालाई पूर्ण व्याख्या गर्ने ढङ्गले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पु¥याउनेछौँ ।”

काठमाडौँबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा अवस्थित फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरु पनि सहजै पुग्न सकिन्छ । साथै होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरुमाझ उत्कृष्ट गन्तव्यको रुपमा रहेको नेपालको आतिथ्य संस्कारमा एउटा अर्थपूण छाप छोड्ने विश्वास लिएको जनाएको छ ।

CG Electronics
कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध फुड चेन कम्पनीबीच सहकार्य

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध फुड चेन कम्पनीबीच...

वि.सं.२०८२ माघ ९ शुक्रवार १३:३५

  काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा...

नेशनल लाइफको भव्य एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाइफको भव्य एमडीआरटी सम्मान तथा तालिम...

वि.सं.२०८२ माघ ५ सोमवार २२:३५

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी...

सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज ५ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा

सूर्य नेपाल इस्टर्न ओपन, डिफेन्डिङ च्याम्पियन निरज...

वि.सं.२०८२ माघ १ बिहीवार २२:५२

  धरान, माघ १: सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत...

नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण...

वि.सं.२०८२ माघ १ बिहीवार ११:४६

  काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण...

दिपकराज भुसालको आधिकारिक टिम घोषणा, सातै दिन २४ सै घण्टा इक्यानियनको साथमा रहने प्रतिवद्धता

दिपकराज भुसालको आधिकारिक टिम घोषणा, सातै दिन...

वि.सं.२०८२ पुस २७ आइतवार १२:३१

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका...