NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै, देशभर सार्वजनिक विदा

काठमाडौं । आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको वकालत गर्दै १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ ।

 

श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

 

सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवम् श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

 

दिवसकै सन्दर्भमा बुधबार नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ । यो वर्षका लागि ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नारा तय गरिएको छ ।

 

सन् १८८६ मा मजदुर आन्दोलन चर्किदै गर्दा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम बिस्फोट भयो । सो बम विष्फोट कसले गराएको भन्न नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो ।

 

प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

विश्वभर मजदुरहरुले यो दिवसलाई विशेष पर्वकारुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकुल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चिताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।

 

नेपालमा भने विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ पछि यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । दिवसका सन्दर्भमा विभिन्न मजदुर संघ संगठनहरूले कार्यक्रम गरी मनाउने गरेका छन् ।

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी प्रदेशमा बर्षाको संभावना

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी...

वि.सं.२०८१ असोज २६ शनिवार ११:१५

काठमाडौं । आज अुसोज २६ गते शनिबार बडादशैंको दिन देशका...

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो ३:३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो...

वि.सं.२०८१ असोज २६ शनिवार ११:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा...

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान...

वि.सं.२०८१ असोज २६ शनिवार १०:०६

काठमाडौं । वि।स। २०८१ सालको वडादशैं अर्थात विजया दशमीको टीका...

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...