CG Electronics
IME Life
NIMB

आयुर्वेदिक उपचार पद्धति : न सरकारले बुझ्यो, न विरामीले : डा.सुर्वण पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

आयुर्वेदिक उपचार पद्धति विश्वको पुरानो र प्रभावकारी स्वास्थ्य उपचार विधि हो । आयुर्वेदिक उपचारले विशेषगरी आहारविहारमा जोड दिनेगर्छ । जरैबाट रोग निको बनाउने सिद्धान्त र विधि हो यो ।

 

एलोप्याथिकमा एक्सन र रिएक्सन दुवै छिटोगरी हुन्छ । तर आयुर्वेदिकमा ढिला गरी औषधीले काम गर्छ । रोगलाई निको पार्नको लागि शरीरमा सुधारको आवश्यकता पर्छ ।

 

जसको लागि केही समय धैर्य गर्नुपर्छ । हाम्रो नेपाली समाज र मानिसहरु कस्तो प्रवृतिको हुनुहुन्छ भने केही भैहाल्यो भने फार्मेसीबाट जति पैसा तिरेर डाक्टरलाई नसोधी औषधि किनेर खाइदिने गर्नुहुन्छ । डाक्टर शुल्कका कारण नै डाक्टरबाट भागेको होकि भन्ने लाग्छ । तर आयुर्वेदिक आर्थिक रुपमा बोझिलो हुँदैन । साइट इफेक्टपनि हुँदैन ।

 

म विरामीहरुका लागि एक सय रुपैंयाँ मात्र ओपीडी शुल्क लिने गर्छु ।

मेरो चाहना के हो भने शुल्क घटाइदिए कमसेकम धेरैले आफ्नो स्वास्थ्यलाई पैसाकै कारण डाक्टरसम्म नपुगी फार्मेसीबाट औषधि लिएर खेलवाड नगरुन् भन्ने हो ।

 

मैले एक सय रुपैयाँ शुल्क निर्धारण गर्नुको उद्देश्य आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वास बढाउनु पनि हो । मेरो चाहना भनेको बिरामीले रोग बुझेर उपचार गरुन्, डाक्टहरुको उपचार र निगरानी चाहिन्छ भन्ने कुरा सबैले थाहा पाउन् भन्ने पनि हो । बर्षौदेखि रोग पालेर बसेका बिरामीहरुलाई यसले सहज गराउँछ ।

 

कम्तिमा विरामीले डाक्टरसँग सल्लाह नगरि जथाभावी औषधि खान हुँदैन भनेर सम्झाउन, बुझाउन सकें भने उसले परिवार र अरुलाई पनि त्यो कुरा बताउँछ भन्नेमा विश्वस्त छु ।

एलोपेथिक औषधि प्रयोग गरेकालाई आयुर्वेदिक औषधिले काम गर्दैन भन्ने बुझाई एकदमै गलत छ । एलोपेथिक औषधि खाएकाले आयुर्वेदिक औषधि नै खान नहुने भन्ने बुझाई पनि गलत हो । तर एलोपेथिकबाट सुगरको औषधि खाइरहेका बिरामीले आयुर्वेदबाट पनि सुगरकै औषधि खानु हुँदैन ।

 

प्रेसरको पनि दुवै औषधि खानु हुँदैन । डाक्टरसँग परामर्श गर्नु अनिवार्य छ । कुन रोगीलाई कुन औषधि कसरी खुवाउने भन्ने कुरा फरक हो तर आयुर्वेदिक खानेले एलोपेथिक र एलोपेथिक खानेले आयुर्वेदिक औषधि खानै नहुने भन्ने होइन ।

सबैभन्दा ठूलो आयुर्वेदिक उपचार पद्धति र जडिबुटीको महत्व नबुझेका कारण समस्या आइरहेको छ । आममानिसमा मात्र होइन सरकारलाई पनि आयुर्वेदिक उपचार र यसको महत्वबार चासो छैन ।

 

हाम्रा विश्वविद्यालयहरुमा एमवीबीएस पढ्नेको लाइन हुन्छ तर आयुर्वेदिक चिकित्सक वा विएएमएस पढ्नलाई कोटा पुर्याउनै गाह्रो छ । मुख्य कुरा सरकारी तवरबाटै भोलि यो क्षेत्रमा भविष्य सुरक्षित छ, उपचारको प्रभावकारी विधि आयुर्वेद पनि छ भन्ने बनाइदिए यो क्षेत्र माथि जाने थियो ।

अहिले विज्ञानको जमाना छ । जहाँ पनि प्रमाण चाहिने भएकाले देखाउनुपर्छ । तर, आयुर्वेदमा पर्याप्त अध्ययनहरु भएको छैन । अपग्रेड गर्ने काम भएको छैन । त्यसैले आयुर्वेद पछाडि परेको छ ।

 

एलोप्याथिक अहिले यति माथि जानुमा त्यसको प्रथम विन्दु नै आयुर्वेद हो । ब्रम्हाले मान्छे मात्रै उत्पत्ति गरेनन् सँगसँगै उपचारका लागि भनेर आयुर्वेदको पनि रचना गरेका थिए ।

आयुर्वेदमा रिसर्च गरेर काम गर्ने हो भने यसको बृहत्तर ठाउँ छ । आयुर्वेद बारेमा कसरी स्तर उन्नति गर्ने गराउने भन्ने बारेमा राम्रोसँग बहस भएको छैन । त्यसले यसबारे आकर्षण कम भएको देखिन्छ । आकर्षण कम हुनासाथ लगानी पनि कम भयो । जस्तो एलोपेथिक अस्पताल जिल्ला वा सेन्टरमा बनाइएको हुन्छ त्यहाँ करोडौं बजेट दिइन्छ ।

 

आयुर्वेदिक अस्पताल कि दूरदराज कि जंगलसाइडमा राखिएको छ । डाक्टरहरु बस्न डराउनुपर्ने, बिरामीलाई पायक पनि नपर्ने अनि आयुर्वेदले प्रगती कसरी गर्छ ? सरकारले धेरै पक्षपात गरेको विषय आयुर्वेद पनि हो ।

 

नेपालमा जडिबुटीको सम्भावना धेरै छ । जटिबुटीहरु नभएका होइनन् त्यसलाई प्रशोधन गर्नेदेखि खोज अनुसन्धान र विस्तारमा सरकारीस्तरबाट केही पहल नै भएको छैन । कस्तो भैरहेको छ भने अहिले हामी क्विन्टलमा जडिबुटी टिपेर भारत लगायतका देशमा निर्यात गरिरहेका छौं ।

 

अनि त्यहाँबाटै ट्यावलेट किनेर ल्याइराखेका छौं । सम्भावना अथाह छ तर सरकारले प्रोत्साहन गर्न सकेको छैन । जति गरेको छ नीजि क्षेत्रले गरेको छ ।

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

Himalayan Literature Festival & Writers’ Workshop 2026 in collaboration with Ncell Foundation set to bring global literary voices to Kathmandu, Nepal

Himalayan Literature Festival & Writers’ Workshop 2026...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३६

Kathmandu–The organisers of the Himalayan Literature Festival & Writers’ Workshop...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...