CG Electronics
Ncell NPL
NIMB

एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ ।

एडिबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्नका लागि सहयोग बढाउन प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताए ।

‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याहरुका बारेमा म जानकार छु’, मासात्सुगुको भनाइ उद्धृत गर्दै भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने, ‘थप सहयोगका लागि एडिबी तत्पर छ ।’

भेटका क्रममा सचिव मरासिनीले एडिबीले नेपालको विकसामा पुर्याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पुरा गर्न थप सहयोगका लागि आग्रह गरे ।

अध्यक्ष यस्तै मरानिसीले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुको कार्यकालमा एडिबीले नेपालमा सहयोग बढाउने अपेक्षा गरिएको समेत उनले बताए । सचिव मरासिनील अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । जवाफमा उनले एडिबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए ।

यस्तै सचिव मरासिनीले एडिबी उपाध्यक्ष इङ्गमिङ्ग याङ्गसँग पनि भेटेका छन् । त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलासययुक्त दूधकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रमहरु समयमै सम्पन्न गर्नेबारे सहमति भएको सहसचिव नेपालले जानकारी दिए ।

नेपालका अनुसार सहुलीयतपूर्ण श्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुर्व पक्षले सहकार्य गर्ने समझदारी भएको बताए ।

उपाध्यक्ष याङ्गले जारी कन्ट्री साझेदारी प्रेमवर्क तयारी विश्व बैंकसँगको सहकार्यमा भइरहेकामा अन्य मुलुकका लागि समेत यो नमुना हुनसक्ने बताइन् ।

भेटमा नेपालका तर्फबकाट सचिव मरासिनी र सहसचिव नेपाल तथा एडिबीका तर्फबाट उपाध्यक्ष याङ्गसहित कार्यकारी निर्देशक सुपक चइयावान, दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेयो कोनिसीसहितका पदाधिकारी सहभागी थिए ।

CG Electronics
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न

गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त...

वि.सं.२०८२ फागुन ३ आइतवार १२:५४

  गैरआवासीय नेपाली (NRN) सम्बन्धी ऐनको संशोधन तथा एकीकरणका लागि...

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा स्वागत

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २१:०२

  नवलपरासी पश्चिममा फागुन २१ को आम निर्वाचन नजिकिँदै जाँदा...

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा...

वि.सं.२०८२ फागुन १ शुक्रवार २०:५९

  नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं...

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’सार्वजनिक

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४९

पश्चिम नवलपरासी (वसुप) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य...

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक प्रचार हुने गरेको छ :बिनोद चौधरी

कुनै सतह र पृष्ठभूमि नभएका दलहरुबाट भ्रामक...

वि.सं.२०८२ माघ २८ बुधवार २१:४५

  नवलपरासी,पश्चिम्। नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का...

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा...

वि.सं.२०८२ माघ २८ बुधवार २१:१८

  काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा...