Nabil Bank
prabhubank
nic bank

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ ।

 

सभामुख घिमिरेले मंगलबार विहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै संसद्मा गृहमन्त्री रवि लामिछानेलाई अवरोध गर्दै आएको छ ।

 

त्यसको निरन्तरता रहे बजेट ल्याउनसम्म पनि समस्या पर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख घिमिरले संसद्मा अवरोध हटाउन प्रयास गर्दै आएका छन् ।

उनको सचिवालयका अनुसार सभामुख घिमिरेले मंगलबार प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले यसअघि पनि संसद् खुलाउने विषयमा पटक पटक प्रयास गर्दै आएका छन् । तर त्यसबारे सहमति जुट्न सकेको छैन । कांग्रेसले संसदीय छानविन समिति गठनलाई बटमलाइन बनाएर अघि बढेको छ ।

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य लिनु अहिलेको समयमा उपयुक्त : विज्ञ सुवेदी

बजेटले आर्थिक वृद्धि ६ प्रतिशत गर्ने लक्ष्य...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०९:४३

  काठमाडौं । सार्वजनिक वित्त क्षेत्रका विज्ञ बाबुराम सुवेदीले आगामी...

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण : बौद्ध तीर्थयात्री

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण :...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३६

बुद्धिमान लामा, पाकिस्तान एक जीवन्त पर्यटन क्षेत्र सिर्जना गर्न अथक...

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१३

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई...

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१०

  काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले...

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२८

  काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास...

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:५७

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...