Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

विद्यार्थीको मनोबल उच्च राख्न प्रतिबद्ध छौं : शिक्षामन्त्री श्रेष्ठ


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा देखिएका मात्र नभइ उच्च शिक्षाको सन्दर्भमा देखिएका समस्याहरु आफ्नै कार्यकालमा समाधान गर्ने दाबी गरेकी छन् ।

त्रिवि आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुखमा प्रवलराज पोखरेललाई नियुक्त गर्न आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मन्त्रलयस्तरबाट सुल्झाउनुपर्ने विषयहरुमा बसेर छलफल गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘अहिले जति पनि विद्यार्थीको हकहितमा गर्नुपर्ने कुराहरु छन् यसमा फोकस गरेर जिज्ञासा र प्रश्न गरिदिनुभयो भने शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले के गरिरहेको छ भन्ने अवगत हुने मौका पाइन्छ । मलाई थाहा छैन पहिले विश्वविद्यालयमा के गरियो, कसरी भयो भन्ने त ।

तर, कम्तिमा पनि यसरी अपडेट लिन पाइयो भने परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थी र अप्ठेरोमा परेका विद्यार्थीलाई कन्फिडेन्ट दिने कुरामा प्रतिबद्ध छौं ।’

त्रिभुवन विश्वविद्यालयलाई नै केन्द्रित गरेर आफूमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै उनले यसको उत्तर उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनबाट दिइसकेको समेत बताइन् ।

उनले भनिन्, ‘टीयूलाई मात्र फोकस गरेर प्रश्नहरु गरिन्छन् । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले केही उत्तर दिइसकेको छ । आफ्नो स्तरबाट हुने कुराहरु त म गर्छु, हामीले कुरा गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छ । मन्त्रीस्तरबाट उल्टाउने कुरामा छलफल गरौं । जुन कुरा मैले मन्त्रिपरिषद् लगेर जानु छ, त्यो म लग्छु ।’

जग्गाको विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको मन्त्री श्रेष्ठको भनाइ छ । केही साताअघि त्रिविको जग्गामा अनधिकृत कब्जा र भोगचलनका समाचारहरु सञ्चारमाध्यममा आएका थिए ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...