Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै रहेको छ । ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गरिने नबिल बैंकले जनाएको छ ।

यो ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १ अर्ब ८० करोड रूपैयाँ ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड रूपैयाँ ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट निष्कासन गर्न थालिएको हो । सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

सानिमा बैंकद्वारा तिहारको उपलक्षमा बिग मार्टमा छुटको व्यवस्था

सानिमा बैंकद्वारा तिहारको उपलक्षमा बिग मार्टमा छुटको...

वि.सं.२०८१ कात्तिक २४ शनिवार १६:४७

  काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु...

नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित

नेपाली आईटी कम्पनी इन्फोडिवेलपर्स जापानमा सम्मानित

वि.सं.२०८१ कात्तिक २४ शनिवार १३:००

काठमाडौं । एसोसियो अन्तराष्ट्रिय ‘डिजिटल गभर्नमेन्ट अवार्ड बाट इन्फोडिवेलपर्स सम्मानित...

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

प्राइम बैंकको डीजीएममा सुमितबाबु खत्री नियुक्त

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०९:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको एजीएममा पाण्डेय

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:३३

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धक (एजीएम) मा...

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्वारा मठमन्दिर सरसफाई कार्यक्रम...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:२४

काठमाडौं । कामना सेवा विकास बैंकले मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न...

नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश

नेपाल पुनर्बीमा ११औँ वर्षमा प्रवेश

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १३:०५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा प्रवेश गरेको छ...