Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश

 

काठमाडौँ । फोनपे, नेपालको अग्रणी भुक्तानी संचालकले, पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट) लाई आफ्नो संजालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यु।आर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस अन्तर(आबद्दताको साथमा, सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरुमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्यु।आर भुक्तानी गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाले मोरु डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, “यो साझेदारीले हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि सदैब तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्साएको छ । मोरु डिजिटल वालेटलाई हाम्रो नेटवर्कमा अन्तरआबद्ध गर्दै, हामीले हाम्रा ग्राहकहरूलाई भुक्तानीका विभिन्न विकल्पहरू प्रदान गर्नुको साथ(साथै वित्तीय इकोसिस्टमलाई अझै फराकिलो बनाएका छौं।” ।

समारोहमा खुसी व्यक्त गर्दै मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले फोनपेसँग आबद्ध हुदै फोनपे नेटवर्कमा अबस्थित हुनुभएका देशभरका १४ लाख व्यवसायीहरु माझ, मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुच पुर्याउने बताए । उनले भने, “प्रयोगकर्ताहरूले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्नेछन्। नयाँ पदत्तिका सेवाहरु अंगाल्दै र थप्दै, हामी हाम्रा ग्राहकहरूको डिजिटल यात्रालाई अझै सहज बनाउने क्रम मा निरन्तर अगाडी बढिरहेका छौ ।

 

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले गर्‍याे सम्मान

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले...

वि.सं.२०८१ कात्तिक १५ बिहीवार २१:१७

काठमाडाैँ । र्‍याली अफ हिमालयाजका विजयी दीपक शाहलाई रोयल इन्फिल्ड...

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो पास हुन्छ : उर्जामन्त्री खड्का

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो...

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १६:१९

काठमाडौँ, १३ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले...

माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज

माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १५:३४

  काठमाडौँ । यस माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण...

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ०१:२२

  काठमाडौँ । दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू...

एनआइसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआइसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय...

वि.सं.२०८१ कात्तिक १२ सोमवार ११:०२

  काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै...

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम...

वि.सं.२०८१ कात्तिक १२ सोमवार १०:१५

  काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त...