BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्विकृति

 

काठमाडौं । विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि पूर्व स्विकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको हो ।

प्राथमिक शेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । शेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मे.वा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एस.वि.आई बैंक सँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ ।

आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका शेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ के.भि ट्रान्सिमिसन लाईनबाट ने.वि.प्राको समुन्द्रटार सवस्टेशनमा जडान गरि काठमाण्डौको लागि अमm भरपर्दो विद्युत प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्पाधुनिक मसिन जडान गरिनेछ ।

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको...

वि.सं.२०८१ भदौ २३ आइतवार १८:१०

    काठमाडौं . सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड...

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:३२

  काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:१८

  काठमाडौँ । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार...

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा...

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:५४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार...

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:३२

काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको...

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:१७

  काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका...