Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

‘विकासको मामिलामा राजनीति भन्दा माथि उठेर एकजुट हुन आवश्यक’ : मन्त्री महासेठ

Machhapuchchhre Bank Limited

 

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति भन्दा माथि उठेर सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले दलहरुले राजनीति भन्दा धेरै समय विकास निर्माणमा खर्चिनु पर्नेमा जोड दिए ।

 

उनले भने, ‘ यहाँ विभिन्न विचारधारा बोकेका साथीहरु हुनुहुन्छ । विकासको मामिलामा हामी राजनीतिक कुराहरु धेरै गर्दैनौँ । राजनीति त हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ । संघ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय निकायको निर्वाचनको बेलामा ४ महिना । बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ ।’

 

उनले दलका नेताहरुले पार्टीका कुरा मात्रै नगरि पार्टीको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए । भौतीक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका महासेठले यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको क्षेत्रमा राम्रो उपलब्धि हाँसिल गर्ने दाबी गरे ।

 

उनले भने,‘ पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन । हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन सक्दैनौँ । हामीले विद्वान साथीहरुसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ । दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु । कामको गति बढाउँदैछौँ । विश्वास छ, यस वर्षसरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ ।’

 

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...