Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

एमजी ४ इभीले हात पार्‍यो २०२४ को उत्कृष्ट कारको उपाधि

 

नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यहि क्रममा एमजी ४ इभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको हो ।

न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित टप कारस्२०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको छ ।

अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, “एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं। एमजी४को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो।” गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरुपमा विद्युतिय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ ।

 

२०२२मा बजारमा आएको एमजी४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरु हासिल गर्दै आएको छ ।

सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।

३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन्।

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष अफर घोषणा 

काईयीले अत्याधुनिक एक्स थ्री प्रो इभीमा विशेष...

वि.सं.२०८१ पुस २९ सोमवार २०:३२

  काठमाडौं । विद्युतीय सवारी साधनप्रति चासो राख्ने उपभोक्ताहरूका लागि...

हामीले खाने विहान बेलुकीको खाना आयात गरेर खान नपरोस् : मन्त्री अधिकारी

हामीले खाने विहान बेलुकीको खाना आयात गरेर...

वि.सं.२०८१ पुस २९ सोमवार १२:२२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विहान...

बियोन्ड ब्यूटी एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न

बियोन्ड ब्यूटी एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८१ पुस २८ आइतवार १७:३८

बियोन्ड ब्यूटी एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न प्रशिक्षक अन्जना राइले खुशी...

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट...

वि.सं.२०८१ पुस २६ शुक्रवार १४:२२

  काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले...

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

यस्तो छ थाईल्यान्डमा नेटाको उपस्थिती

वि.सं.२०८१ पुस २५ बिहीवार ०८:२१

काठमाडाैँ ।  गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाईल्यान्डको विभिन्न...