Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेशनल लाइफको अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।कम्पनीको सिन्धुली शाखा कार्यालयले करिव १३० जना अभिकर्ताको सहभागितामा बैशाख २९ गते शनीबारका दिन उक्त कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले अभिकर्ताहरु कम्पनीका मेरुदण्ड रहेको बताए । साथै, उनले विभिन्न शाखा कार्यालयमा रहेका अभिकर्ताहरुले एकैदिनमा १ सयभन्दा बढी बीमा पोलिसी बिक्री गर्न सफल भएका भन्दै अभिकर्ताहरुलाई हौसला प्रदान गरेका हुन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्न सफल ३३ जना अभिकर्ताहरुलाई प्रमाण–पत्र र दोसल्लासहित सम्मान प्रदान गरिएको सिन्धुली शाखाका सिनियर बिजनेश म्यानेजर रेशम माझिले जानकारी दिए ।

कम्पनीले प्रस्तुत गरेको अभिकर्ता पारिश्रमिक योजना २०७९।०८० मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरुलाई उक्त कार्यक्रमले सम्मान प्रदान गरेको हो । नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न समयमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि लगायतका योजना सञ्चालन गर्दै आएको छ ।

 

 

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...