Nabil Bank
prabhubank
nic bank

हब इन्टरनेशनल एजुकेशनले ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर आयोजना गर्दै

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं, १ जेठ । हब इन्टरनेशनल एजुकेशनले हात्तीसरमा अवस्थित आफ्नै कम्प्लेक्समा मे १८, जेठ ५, २०२४, शनिबार बहुप्रतीक्षित ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४ आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रमले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग गर्ने छ।

यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८+ देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित बिध्यार्थीहरूलाई प्रत्यक्ष साक्षात्कार गर्ने भएका छन्।

यसबाहेक, विद्यार्थीहरूले छात्रवृत्ति अवसरहरू र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेछन्।

ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर 2024 मा भाग्यशाली विजेताहरूले स्मार्टफोन, फूड भाउचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्नेछन्। सहभागीहरूले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेलहरू र गतिविधिहरूमा समेत भाग लिई प्रशस्त उपहार हरू हात पार्न सक्नु हुनेछ।

“यो कार्यक्रम शैक्षिक मेला मात्र होइन; यो बिदेश अध्ययन गर्न जान इच्छुक विद्यार्थीहरूको लागि असीम अवसरहरूको प्रवेशद्वार हो, “हब इन्टरनेशनल एजुकेशनका चेयरम्यान उद्वब बहादुर खड्काले जानकारी गराउनु भयो।

ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ विदेशमा आफ्नो शैक्षिक यात्रा सुरु गर्न इच्छुक विद्यार्थीहरूले कार्यक्रमको यो लिङ्क मार्फत बुकीङ गर्नुहोस् https://rb.gy/6ktp6h वा ०१-५३४२०९६ मा सम्पर्क गर्नुहोस्।

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण : बौद्ध तीर्थयात्री

पर्यटन को लागि एक अद्वितीय दृष्टिकोण :...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:३६

बुद्धिमान लामा, पाकिस्तान एक जीवन्त पर्यटन क्षेत्र सिर्जना गर्न अथक...

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट ल्याएको छौं : अर्थमन्त्री

नयाँ चरणको आर्थिक सुधारलाई ध्यानमा राखेर बजेट...

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१३

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारलाई...

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:१०

  काठमाडौं । गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले...

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

सरकारको उच्च प्राथमिकतामा सूचना प्रविधि

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२८

  काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास...

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने 

ऊर्जामा ठूला आयोजनामा जोड, आगामी वर्ष ९...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:५७

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा चार हजार...

आगामी वर्षको बजेट : पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति

आगामी वर्षको बजेट : पाँच उद्देश्य, पाँच...

वि.सं.२०८१ जेठ १५ मंगलवार १७:४५

   काठमाडाैं। १५ जेठ– सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय...