Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन सरकारको नीति तथा कार्यक्रममा समग्रमा सबै तिरबाट उत्साहजनक प्रतिक्रिया आएको बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले नीति कार्यक्रम उत्साहजनक आएको भन्दै यसले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताए ।

नीतिहरुसँग मेल खाने बजेट र बजेटसँग मेल खाने मौद्रिक नीति आउने प्रतिबद्धता उनले व्यक्त गरे ।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा धेरै विषयहरु आएका छन् । नीतिगत रुपले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने कुरा नै मुख्य छ । विभिन्न क्षेत्रहरु सम्बोधन गरिएको छ र समग्रमा सबै तिरबाट उत्साहजनक आएको छ भन्ने प्रतिक्रिया प्राप्त गरेका छौ ।

विगतमा बेला बेला प्रश्न उठाएको जस्तो यसपटक हुदैँन् । नीति तथा कार्यक्रमकै वरिपरिबाट आएका नीतिहरुसँगै मेल खानेगरि बजेट आउछ, त्यसैगरि बजेटसँग मेल खानेगरि मौद्रिक नीतिहरु आउँछ यो हाम्रो छलफलको प्रतिबद्धता हो ।’

नियमभित्र बसेर र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गरेको भन्दै निजी क्षेत्रलाई उनले निरुत्साहित नहुन आग्रह गरेका छन् ।
उनले भने, ‘आर्थिक अवस्था सुधार गर्ने, सबैको मनोबल बढाउने, व्यवसाय र उद्याममैत्री वातावरण बनाउने जसले स्वभाविक रुपले यहाँ काम गर्ने वातावरण बन्छ । कुनै क्षेत्र विशेषलाई तार्गेट गरेर सरकारले काम गर्दैन् ।

यहाँहरु निरुत्साहित हुनुहुदैँन्, हामीलाई पनि दबाब दिनु प्रेरित गर्नु, लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध नै छ । बजेटमार्फत पनि यो कुरा देख्नुहुनेछ, नियमभित्र बसेर, यथार्थ धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउने कोसिस गर्छौ ।’

उनले कृषि क्षेत्रलाई निर्वाहमुखि मात्र नभएर उद्याम, व्यवसायसँग जोड्ने र व्यवसायिक उत्पादनतिर जाने कुरामा पनि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘हामीले कृषिलाई आधारभूत जगको रुपमा राखेका छौ ।

कृषि क्षेत्रलाई पनि निर्वाहमुखि मात्र नभएर यसलाई उद्याम, व्यवसायसँग जोड्ने र व्यवसायिक उत्पादनतिर जाने छौ । त्यसको लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने र आवश्यक नीति ल्याउने कुरामा ध्यान दिने नै छौ ।’

बजेट निमार्णमा नेपाल राष्ट्र बैंक, गभर्नरलगायत विभिन्न तहमा पदाधिकारीहरुको सुझाव प्राप्त गरेको भन्दै सरकारले कसैलाई खाका र कसैलाई पाखाको नीति नलिने उनको भनाई छ ।

 

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...