NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

लामिछानेलाई क्यानले आईसीसी टी–२० खेल्न पठाउने

 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै लामिछाने निलम्बनमा परेका थिए । बुधबार उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेसँगै क्यानले बाँकी प्रक्रिया अगाडि बढाउन साँझ नै छलफल गरि निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यसमिति सदस्य दुर्गाराज पाठकले बताए ।

 

‘अन्ततः उनले (सन्दीपले) न्याय पाएका छन् । सन्दीपको निलम्बन फुकुवा गर्ने देखि विश्वकपमा पठाउनेबारे छलफल गर्न क्यानले आज साँझ नै छलफल गर्दै छ । क्यानले उनलाई विश्वकप खेल्न पठाउँछ,’ पाठकले भने । नेपालले यसअघि नै विश्वकप खेल्ने टोलीको टुंगो लगाइसकेको छ । सन्दीपको ठाउँमा क्यानले लेग स्पिनर सागर ढकाललाई पठाएको थियो । अब कुन खेलाडीलाई हटाउने भन्नेबारे टिम क्याप्टेन र मुख्य प्रशिक्षकले निर्णय गर्ने समेत पाठकको भनाइ छ ।

 

बैठकले सन्दीपको निलम्बन फुकुवा गरेसँगै टी २० विश्वकप खेल्न जानका लागि प्रक्रिया अघि बढ्ने छ । विश्वकप खेल्ने टोली पहिला घोषणा गरे पनि मे २५ तारिखसम्म फेरबदल गर्न पाइने व्यवस्था छ ।

 

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी प्रदेशमा बर्षाको संभावना

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी...

वि.सं.२०८१ असोज २६ शनिवार ११:१५

काठमाडौं । आज अुसोज २६ गते शनिबार बडादशैंको दिन देशका...

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो ३:३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो...

वि.सं.२०८१ असोज २६ शनिवार ११:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा...

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान...

वि.सं.२०८१ असोज २६ शनिवार १०:०६

काठमाडौं । वि।स। २०८१ सालको वडादशैं अर्थात विजया दशमीको टीका...

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...