Nabil Bank
Everest Bank Limited
prabhubank

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस् : इप्पान अध्यक्ष कार्की

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं ३, जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताउनुभएको छ । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)द्वारा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले बजेट बनाउँदा अबको दश वर्षमा देशलाई कहाँ पु¥याउने भन्ने हिसाबले नीति लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दश वर्षलाई ऊर्जा दशक र ऊर्जा संकटकाल घोषणा गरेर ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने खाँचो छ । सरकारले दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरेर जाने लक्ष्य लिएको छ । १३ हजार ५ सय मेगावाट देशभित्रै खपत गर्ने र १५ हजार मेगावाट विदेश निर्यात गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहनेछ । यसमा गम्भीर भएर वातावरण सिर्जना गर्न सबै लाग्नुपर्नेछ ।’

अध्यक्ष कार्कीले अब बैंक वित्तीय संस्थाले कम्तिमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था बजेटमार्फत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब बैंक वित्तीय संस्थाले कम्तीमा २० प्रतिशत लगानी गर्न बाध्यात्मक व्यवस्था अनिवार्य गर्नुपर्दछ । त्यसैगरी कतिपय संस्थामा बेकामे बनेर रोकिएका रकम परिचालनको वातावरण पनि बन्नुपर्दछ ।’ सामान्य शब्दका कारण भन्सारमा सामानहरु रोकिने अवस्था देखिएको भन्दै नीतिबाटै यस विषयबारे सोच्न आवश्यक रहेको कार्कीले बताउनुभयो । पिपिए खोलेर जाने नीति बजेटले लिनुपर्ने भन्दै उहाँले बजेटले तोकेका विषय र सुविधा कार्यान्वयनमा आउनुपर्ने बताउनुभयो । वन र जग्गाको समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष कार्कीले धितोपत्र बोर्डको अध्यक्ष नहुँदा काम गर्नसक्ने व्यक्ति तोक्नुपर्ने बताउनुभयो । ट्रान्समिसन लाइन बनाउन र विद्युतको व्यापार निजी क्षेत्रलाई खुला गर्नुपर्ने उहाँले माग गर्नुभयो । बिजुली खपत बढाउने पूर्वाधार विकासमा बजेट बढाउनुपर्ने अध्यक्ष कार्कीको सुझाव रहेको छ । दीगो समृद्धिका लागि जलविद्युत नै महत्वपूर्ण रहेको भन्दै अध्यक्ष कार्कीले सडक बाटो, बजार पु¥याउने लगायत विविद्य गतिविधि गरिरहेको यस क्षेत्रलाई महत्वमा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...