Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : नाडा उपाध्यक्ष श्रेष्ठ

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं ३, जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताउनुभएको छ ।

इकोनोमिक मिडिया एसोसियसन (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा नाडाको तर्फबाट प्रस्तुति राख्दै राज्यले जनताको अत्यावश्यक वस्तुको रुपमा सवारी क्षेत्रलाई लिएर सहज हिसाबको नीति लिनुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुति गर्दै उहाँले भन्नुभयो, ‘पछिल्लो समय अटोमोबाइल्स उद्योग ८० प्रतिशत खस्किसकेको छ । अब यस क्षेत्रमा लगानी बढाउन नीतिगत स्थिरता आवश्यक छ ।’ श्रेष्ठले पछिल्लो समय विद्युतीय गाडीतर्फ सबैको आकर्षण बढिरहेको र नेपालमै उत्पादित विद्युतको उपयोगबाट यसको सञ्चालन गर्न सकिने भएकाले दीर्घकालिन नीति लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘गतवर्षको १८ प्रतिशतको राजश्व हाल ९.५ प्रतिशतमा खस्किएको छ । गतवर्ष अटोमोबाइल्सको गिरावट ५९ प्रतिशत रहेको छ । यसको उपयोग बढाउन वातावरण सिर्जना गर्नुपर्दछ ।’ युवाको विदेश पलायनको असर अटोमोबाइल्स क्षेत्रमा परिरहेको उल्लेख गर्दै उहाँले कर प्रणाली उपभोक्तामैत्री बनाउनुपर्ने धारणा राख्नुभयो ।

लगानी बढाउन नीतिगत स्थिरता नै चाहिने आवश्यकता औल्याउँदै उहाँले इलेक्ट्रिक गाडीको प्रयोग बढाउन दीर्घकालिन हिसाबले अगाडि बढ्ने रोडम्याप आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले अटोमोबाइल्स क्षेत्र खस्किँदा देशको अर्थतन्त्र नै खस्किने भएकाले बेलैमा सचेत बन्नुपर्ने भन्दै सरकारलाई सचेत बन्न ध्यानाकर्षण गराउनुभयो ।

नेपाली नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

नेपाली नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४८

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको...

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...