NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

एक मिनेटमा एक क्लिकमा बिदेशबाट पैसा नेपाल पठाउन नबिलको एन रेमिट

 

काठमाडौं । तपाईले नबिल बैंकमा खाता खोल्नुभएको छ ?

अनि खाता खोलेर नबिल बैंकको एप चलाउनुभएको पनि होला । यही एप चलाउने ग्राहकले त्यहाँ भएको एउटा सानो कुरा बुझ्न नसकेको अवस्था पनि हुन सक्दछ । नबिल बैंकको एप लग इन गर्नुभन्दा अगाडि नै एपको तल्लो भागमा ‘ट्याप मी’ भन्ने बटन छ । त्यसलाई हामीले खासै ध्यान दिएका हुँदैनौं । त्यतातर्फ हेर्दैनौं र हामी त्यहाँ भएको जानकारी पाउनबाट छुटिरहेका हुन्छौं । हो यही एप चलाउन जानेर लिन सकिने फाइदाबारे आज हामी जानकारी गराउँदैछौं ।

नबिल बैंकले ल्याएको नयाँ सेवा एन रेमिट हो । यो सेवा लिनका लागि नबिल बैंकको एप डाउनलोड गर्नुपर्ने छ । त्यसपछि एपको तल स्क्रिनमा रहेको ‘ट्याप मी’ भन्ने बटन थिचेर जो कोही भित्र जान सक्नेछन् । त्यहाँ भित्र गइसकेपछि सुरुमै एन रेमिट भन्ने बटन छ । त्यस लगायत त्यहाँ मोबाइल क्यास, गेट इन टच, डिजीटल सर्भिस, टप अफ, बिल्स, पेमेन्ट, एक्चेन्ज रेट लगायत अप्सनहरु रहेका छन् ।

अब तपाईले त्यहाँ एन रेमिटमा क्लिक गर्नुभयो भने एउटा फर्म आउँछ । त्यो फर्ममा सुरुमा डलरमा कति पैसा पठाउने हो त्यो भर्नुपर्नेछ । डलरको अंक थिच्नासाथ त्यो बराबर नेपालमा कति पाउन सकिन्छ भनेर स्पष्ट त्यहीँ तुरुन्तै देखाउनेछ । सुरुमा टाइप गर्नासाथ १०० डलर पठाउँदा वा २०० डलर पठाउँदा पाउने रकम देखाउनेछ । अनि प्रक्रिया पुरा गरेर यो सेवा अन्तर्राष्ट्रिय भिसा वा मास्टरकार्ड मार्फत सुरु गर्न सकिन्छ र रकम विदेशबाट नेपालमा पठाउन सकिनेछ । यसमा कुनैपनि शुल्क नलाग्ने बैंकले जनाएको छ । नबिलको एन बैंक एपमार्फत नेपालमा रहेका नबिल बैंकसहित जुनकुनै बैंकमा पनि विदेशबाट फर्म भरेर रकम पठाउन सकिने बैंकले जनाएको छ ।

मुख्यत एपभित्रको फर्ममा भर्नुपर्ने कुराहरु :

पाउने व्यक्तिको विवरणअन्तर्गत कन्ट्री कोड, नेपालको मोबाइल नम्बर, खाताको नाम, खाता नम्बर चाहिनेछ । पठाउने व्यक्तिको इमेल ठेगाना, कन्ट्री कोड, मोबाइल नम्बर, नाम, बस्ने ठेगाना (बसेको देश), के कामको लागि पठाइएको हो (गिफ्ट, सामान किन्न, आफ्नै खातामा पठाएको) त्यो उल्लेख गर्नुपर्ने छ । यति फर्म भरिसकेपछि कन्फर्मेसन पेज आउनेछ । त्यसपछि पठाउने र पाउनेको विवरण ओके छ भनेपछि कन्फर्म हुनेछ र नेक्स्ट गरिसकेपछि कार्डको डिटेल हाल्नु भनेर देखाउँछ । अनि कार्डको नम्बर, एक्स्पायरी डेट, कार्ड भेरिफिकेसन भ्याल्यु (सिभीभी) राख्नुपर्नेछ । त्यती गरेर नेक्स्टमा क्लिक गर्नासाथ कार्डमा ओटिपी आउँछ र ओटीपी राख्नासाथ तुरुन्तै नेपालमा भएको बैंक खातामा उल्लेखित रकम आउनेछ ।

फेरि पनि एपमा एन रेमिट कहाँ छ ?

यो नबिल बैंकका खातावालाहरुका साथसाथै नबिल बैंकमा खाता नभएका ग्राहकले पनि नबिल बैंकको एप डाउनलोड गरी तलबाट स्क्रोल गरेर ‘ट्याप मी’ बटनबाट भित्र गएर एन रेमिट क्लिक गरेपछि आउँछ । यसका लागि नबिल बैंककै खाता भएको व्यक्ति आवश्यक नपर्ने बैंकले जनाएको छ । अहिले विदेशमा बस्ने जो कोही व्यक्तिले पनि एन रेमिटबाट नेपालमा रकम पठाइरहेका छन् । अर्काेतिर नबिल बैंककै खातावालाले आफ्नो पासवर्ड राखेर लग इन गरेपछि एपभित्र रहेको सेन्ड मनीमा जाँदा पनि एन रेमिट देखिन्छ । त्यहाँ गएर पनि यो माथि उल्लेख गरेको प्रक्रियाअनुरुप नै विदेशबाट नेपालमा पैसा पठाउन सकिने नबिल बैंकले जनाएको छ ।

एन रेमिटका लागि अनलाइन र डलरमा कारोबार गर्ने क्षमता आवश्यक

समग्रमा भन्नुपर्दा एन रेमिट भनेको रेमिट्यान्सको त्यस्तो च्यानल हो जहाँ नेपाल, भारत र भुटान बाहेकका विदेशी कार्डबाट नेपालका जुनसुकै बैंकमा तुरुन्तै पैसा पठाउन सकिनेछ । त्यसका लागि विदेशमा बसेका नागरिकहरुमा अनलाइन कारोबार गर्ने क्षमता हुनुपर्दछ । अर्काेतर्फ कार्डको माध्यमबाट डलरमा कारोबार गर्ने क्षमता हुनुपर्दछ ।

तत्पश्चात् भिजा या मास्टर कार्डबाट तुरुन्तै नेपालका खातामा पैसा पठाउन सकिनेछ । बुझ्नुपर्ने महत्वपूर्ण पक्ष के छ भने एन रेमिटका माध्यमबाट एक समयमा कम्तिमा १०० डलर र अधिकत्तम ५,००० डलरसम्म मात्र रकम पठाउन सकिने व्यवस्था रहेको छ । यदि कसैले विदेशबाट पैसा पठाउने स्थिति छ वा परिवारका आफन्त छन् भने उनीहरुलाई फोन, म्यासेज गरेर एप डाउनलोड गर्न लगाई त्यहाँ भित्र एन रेमिटमा फर्म भरेर मलाई पैसा पठाउनुहोस् भनेमा तुरुन्तै खातामा पैसा पाउन सक्ने बैंकको भनाइ रहेको छ ।

नबिलले एन रेमिट ल्याउनुको कारण

यहाँ रेमिट्यान्स पठाउने धेरै प्लेट फर्म छन् । धेरै त एपमा लग इन गरेर मात्र बल्ल पैसा पठाउन पाइनेछ । पैसा पठाउँदा पनि सर्भिस चार्ज (पाँच डलर, सात डलर) यस्तै लिइरहेका हुन्छन् । ती सबैलाई बाइपास गरेर, लग इन पनि गर्नु नपर्ने, विदेशी कार्ड हुनेले कुनैपनि शुल्क बिना नेपालमा पैसा पठाउने सुबिधा बैंकले गरेको हो ।

एन रेमिटमार्फत पैसा तुरुन्तै नेपालको बैंक खातामा आउँछ तर कतिपय रेमिट्यान्स प्लेटफर्मबाट पैसा पठाउँदा खातामा पुग्न एक दिनसम्म पनि लाग्दछ एन रेमिट नेपालमा कहिलेदेखि सुरु भयो ?

२२ डिसेम्बर २०२२ मा नबिल बैंकले एप लञ्च गरेको थियो । त्यतिबेला नै यो एन रेमिट सुरु गरिएको थियो । सुरुमा यसमार्फत नबिल बैंकको खातामा मात्रै पैसा पठाउने क्षमता रहेको थियो । विगत ५ महिनायता बैंकले जुनकुनै बैंकका खातामा पैसा पठाउन सक्नेगरी एन रेमिटको क्षमता विस्तार गरेको हो । पहिला पहिला पैसा पठाउनेक्रममा केही समस्या थियो । ती सबै समस्या समाधान गरिसकेपछि बल्ल एन रेमिट सेवा सबै नेपाली नागरिकका लागि ल्याएको बैंकको भनाइ रहेको छ । अब बिना झन्झट रेमिट्यान्स पठाउने हो भने एन रेमिट जो कोहीले सञ्चालन गर्न सक्ने बैंकले स्पष्ट पारेको छ ।

सुरक्षाको ग्यारेन्टी के छ ?

नबिल बैंकका अनुसार इलेक्ट्रोनिक गेटवेबाट एन रेमिटको काम भइरहेको छ । यो थ्री डि सेक्युर भएको प्लेटफर्म हो । यसमा पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्ट्याण्डर्ड (पिसिआइडीडीएस्) अर्थात् कार्डको इन्डष्ट्रि स्ट्याण्डर्डको सेक्युरिटी प्रोटोकल मेन्टेन गरिएको छ । विदेशको कार्डमा थ्रीडी सेक्युर कार्ड इस्युयरले जारी गरेको छ भने ओटिपी इन्टर नगरेसम्म यसमा कारोबार हुन सक्दैन ।

यो च्यानलमा नबिल बैंकले सुरुवातदेखि नै सुरक्षित तवरले इलेक्ट्रोनिक पेमेन्ट गेटवेको कारोबार गरिरहेको छ । ठूलादेखि साना ग्राहकसम्म इ–कमर्शमार्फत यही एप सञ्चालनमा रहेको छ । चालिस वर्षको अनुभवसँगै सेक्युरिटी पनि उत्तिकै रहेको बैंकको दाबी छ । भिजा वा मास्टरकार्डले यो गेटवेबाट कारोबार गर्न दिनु भनेको उहाँहरुले आफ्नो अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेपछि मात्र बल्ल कारोबार गर्न दिने भएकाले ढुक्क भएर सेवा लिन सकिने बैंकको दाबी छ ।

 

नबिल भए ढुक्क भए हुन्छ

एन रेमिटमार्फत पठाउनेलाई पठाएको रकम पठाउनु अगावै पहिले नै जानकारी हुन्छ र पाउनेले त्यही रकम पाउनेछ । यता रकम पठाउनेले एपमा आफ्नो डलर रकम बराबर नपठाउँदै कति रकम पाउने स्पष्ट उल्लेख हुने हुनाले प्राप्त हुने रकममा ढुक्क हुन सकिन्छ । नेपालमा बिना झन्झट तुरुन्तै पैसा पठाउने प्लेटफर्म सायदै कम रहेको भन्दै बैंकले विदेशबाट रेमिट्यान्स पठाउँदा एक÷दुई दिन कुर्नुपर्दछ भन्ने पुरानो मानसिकता अब परिवर्तन भइसकेको बताएको छ । त्यसैले अब एन रेमिटबाट पैसा पठाउँमा एक दिन त के एक मिनेट पनि कुर्नु नपर्ने बैंकको दाबी छ ।

सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम सम्पन्न

सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम सम्पन्न

वि.सं.२०८१ असोज १६ बुधवार ०५:३०

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक र व्यक्तिगत...

प्राइम कमर्सियल बैंकले १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंकले १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय...

वि.सं.२०८१ असोज ११ शुक्रवार ०७:५७

  काठमाडौं । प्राइम कमर्सियल बैंकले १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय...

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको...

वि.सं.२०८१ असोज २ बुधवार १४:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै...

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ :...

वि.सं.२०८१ असोज २ बुधवार ११:५०

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला...