Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

उर्जा उत्पादकसँग दश वर्ष कर नलिने नीति माग

 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी दश वर्ष बजेटमार्फत उर्जा उत्पादकहरुलाई कर छुटको माग गरेका छन् ।

आज इप्पानको २२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले सरकारको २०३५ सम्ममा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न विदेशी लगानी भित्र्याउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारसँग करमा दश वर्ष छुट गरिदिन माग गरे ।

‘हामीलाई २०८२ सालसम्म उत्पादन हुने विद्युतको पहिलो दश वर्षको लागि ट्याक्स फ्रि थियो । त्यसपछि पछिल्लो पाँच वर्षको लागि पचास प्रतिशत कर छुट थियो । ०८२ सालमा त्यसको म्याद सकिँदै छ । हाम्रो लक्ष्य २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत उत्पादन गरिसक्नुपर्ने भएकाले ०९२÷९३ सम्म बजेटमार्फत ट्याक्स छुटको म्याद बढाइदिए उर्जा क्षेत्रमा अझ धेरै लगानी लयाउन सकिने छ ।’

साथै उनले धितोपत्र बोर्डले दुई अर्ब भन्दा माथिका कम्पनीहरुलाई विदेशी स्टक मार्केटमा सूचीकृत गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्कीले भने, ‘आवासीय नेपालीहरुलाई पनि उर्जा क्षेत्रमा लगानी गर्न धितोपत्र बोर्ड मार्फत बजारमा आउने र दुई अर्ब भन्दा माथिका कम्पनीहरुलाई कम्तीमा विदेशी स्टक मार्केटमा सूचीकृत गर्न नीतिगत निर्णय भैदिए सजिलो हुनेछ ।’

यस्तै अध्यक्ष कार्कीले सरकारले छिटो उर्जा सुरक्षा नीति घोषणा गरेर लगानीकर्ताका लागि सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । उनले आगामी १० वर्षलाई बजेटमार्फत उर्जा दशक घोषणा गर्न समेत सरकारसँग माग गरे ।

 

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...