Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन : प्रधानन्यायाधीश

Machhapuchchhre Bank Limited

 

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ समुद्घाटन समारोहमा उनले विधिको शासन समानता र न्यायको आत्मा पनि भएकाले त्यसको अभावमा लोकतन्त्र सुदृढ हुन नसक्ने बताएका हुन् ।

उनले भने,‘वास्तवमा विधिको शासन सुशासन संविधानवाद तथा स्वतन्त्र न्यायपालिका एक अर्काका परिपुरक अन्तरसम्बन्धित अवधारणा वा मान्यताहरु हुन् । विधिको शासनको अभावमा लोकतन्त्र सुदृढ हुन सक्दैन । विधिको शासन समानता र न्यायको आत्मा पनि हो ।

अहिले विधिको शासन मुलुकको शासकिय अवस्था र विभिन्न क्षेत्रको स्तर मापन गर्ने अन्तरसम्बन्धी सूचकको रुपमा स्थापित हुँदै आएको छ ।’

प्रधानन्यायाधीशले न्यायमा पहुँच अभिवृद्धिका लागि कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताए । संविधान तथा कानुन प्रदत्त अधिकार र त्यसको उलङ्घनमा प्राथमिक उपचार तथा सोको प्रकृयाबारेमा जानकारको सम्प्रेषण, मुद्दाको पक्षको प्रतिनिधित्व वैत्तनिक कानुन व्यवसायी, निःशुल्क कानुनी सेवा लगायतको भूमिका मार्फत विधिको शासन र न्यायको पहुँचमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाई छ ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...