Nabil Bank
Everest Bank Limited
prabhubank

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल

मिडिया स्पेस सोलुसन्स प्रालि

 

‘एनेस्थेसियोलोजिष्टको जिम्मेवारी भनेकै अपरेशन अगाडि र पछाडिसम्म बिरामीलाई हेर्नु हो । बिरामीलाई अपरेशन गर्न मिल्छ कि मिल्दैन भन्ने एनेस्टेसियोलोजिष्टले निर्णय गर्ने हो । त्यसकारण यो एकदमै महत्वपूर्ण जिम्मेवारी पनि हो ।’

डा. सन्तोष ढकाल मणिपाल अस्पताल पोखरामा कार्यरत छन् । अस्पतालमा एनेस्थेसियोलोजिष्टका रुपमा १३ वर्षदेखि कार्यरत डा.ढकालको भूमिका तुलनात्मक रुपमा अलिक भिन्न छ । अपरेसन गर्नुपर्ने बिरामीलाई असहज÷दुखाई महशुस नहोस र सँगै डाक्टरलाई पनि शल्यक्रियाका लागि उचित वातावरण मिलोस् भन्न हेतु प्रारम्भमा बेहोस बनाउनेदेखि अपरेसनपछि पनि नियमित रेखदेखको भूमिका एनेस्थेसियोलोजिष्टको हुन्छ । यसै सिलसिलामा डा.ढकालसँग नेपाल न्यूज बैंकले संक्षिप्त कुराकानी गरेको छ ।

एनेस्थेसिया सेवाको स्वास्थ्य विधामा के कस्तो भूमिका हुन्छ ?

आम नेपालीले बुझ्ने भाषामा भन्नुपर्दा अपरेशनमा दुई खाले डाक्टर सक्रिय हुन्छन् । एउटा अपरेशन गर्ने डाक्टर हुन्छ ।

अर्को बिरामीको सबै भाइटल्सहरु प्रेसरदेखि न्युट्रिसन के कस्तो छ ?

 

कति आवश्यक पर्छ ?

 

भनेर हेर्ने डाक्टर अथवा अपरेशनको दौरानभरि आइपर्ने हरेक समस्याको हल खोज्ने डाक्टर, जसलाई हामी एनेस्थेसियोलोजिष्ट भन्छौँ । कतिपय बिरामीहरुले चाँहि बेहोस गर्ने डाक्टर भनेर पनि बुझेको पाइन्छ ।

एनेस्थेसियोलोजिष्टको काम चाँहि खाली अपरेशन गर्ने बेला मात्रै हो कि अघिपछि पनि जिम्मेवारी हुन्छ ?

एनेस्थेसियोलोजिष्टको जिम्मेवारी भनेकै अपरेशन अगाडि र पछाडिसम्म बिरामीलाई हेर्नु हो । बिरामीलाई अपरेशन गर्न मिल्छ कि मिल्दैन ? भन्ने एनेस्टेसियोलोजिष्टले निर्णय गर्ने हो । त्यसकारण यो एकदमै महत्वपूर्ण जिम्मेवारी पनि हो । अपरेसन भइरहेको बेला वा भइसकेपछि कुनै समस्या जस्तै दुखाइ हुनसक्छ । कसैले उल्टी गर्ने, घाँटी दुख्ने या अन्य कुनै पनि समस्याहरुलाई समाधान गर्ने हाम्रो जिम्मेवारी हुन्छ ।

अपरेशन गर्नुपूर्व चेकजाँच गर्ने कुरा कत्तिको महत्वपूर्ण हुन्छ ?

यसलाई प्रि–एनेस्थेसिया चेकजाँच भनिन्छ । यसलाई हामीले छोटकरीमा पीएसी पनि भन्छौँ । यो अपरेशन गर्नुभन्दा अगाडि गर्नु एकदमै जरुरी हुन्छ । हामीले कुनै एउटा मिति समय तोकेर एक हप्ता एक महिनापछि गरिने अपरेशन अघि बिरामीमा अरु कुनै समस्या छ कि छैन ? पहिला कुनै समस्या भएको थियो कि सबै इतिहास हेर्ने देखि लिएर राम्रो जाँच गरेर मात्र अपरेशनमा अघि बढ्नुपर्ने हुन्छ ।

 

यसलाई भन्छ इलेक्टिभ अपरेशन । हामीले चुरोट, रक्सी खाएर आउनुभएको छ भने यति समयसम्म यो औषधी खानुपर्ने अथवा उहाँहरुलाई मनोचिकित्सकलाई देखाउनुपर्ने हो कि मुटुको डाक्टरलाई देखाउनुपर्ने हो कि सबै निर्णय लिन पनि हामीले प्रि एनेस्थेसिस्ट चेकजाँच गर्नुपर्छ ।

 

अर्को भनेको अपरेशनको प्लान हो । अपरेशन गर्ने सर्जनले यसरी अपरेशन गर्छौ भनेर योजना बनाएको हुुन्छ । तर एनेस्थेसिष्टको के हुन्छ भने बेहोस कसरी गर्ने, ढाँडमा सुई लगाएर गर्ने कि पुरै बेहोस गर्ने कि अथवा शरीरको कुनै एउटा भाग मात्र लाटो बनाउनुपर्ने हो कि यो बारेमा र विरामीलाई भेन्टीलेटर चाहिन्छ कि चाहिदैन । पूर्व तयारी आइसियुको तयारी यो सबै हेर्नको लागि प्रि–एनेसथेसिया एकदमै महत्वपूर्ण हुन्छ ।

यो विभागले खाली अपरेशनसँग सम्बन्धित कुराहरु मात्र हेर्छ कि त्यो भन्दा बाहेक ओपीडीमा पनि भूमिका रहन्छ ?

एनेस्थेसियोलोजिष्ट अथवा हाम्रो विभाग चाँहि हामो विशेषज्ञता भनेकै भेन्टिलेटरमा राख्नुप¥यो भने आवयश्क पर्ने हो । कहिलेकाही वार्डहरुमा समस्या आउँछ । बच्चाहरु हुन्छन् । नसा खोल्न सकिरहेको हुँदैन । त्यो बेलामा हामीले सहयोग पु¥याउने हो । आइसीयुमा केही समस्या आयो र बिरामीको मुटुको चाल घट्न थाल्यो भने पनि एनेस्थेसियोलोजिष्टको खाँचो प¥यो । तर समस्या के छ भने काठमाडौं भन्दा बाहिर सबै ठाउँमा आइसीयूको डाक्टर हुनुहुन्नँ, त्यो बेला हाम्रो प्रमुख भूमिका रहन्छ ।

एनेस्थेसिया गर्दा आउने समस्या कस्ता हुन्छन् ?

समस्या नआउने भन्ने त हुँदैन । मेरै अनुभवको कुरा गर्दा समस्या नआएको त सायद दिन नै हुदैन । हरेक दिन चुनौतीपूर्ण हुन्छ । हरेक बिरामी हरेक केस नै एउटा फिल्मी हुन्छ, तीन घण्टाको फिल्म हेरेको जस्तै हुन्छ । चुनौती हुन्छ, त्यसमा तर त्यो चुनौतीसँग डराएर भाग्न पनि मिल्दैन । हार खाएँ भन्न मिल्दैन । म १३ वर्षदेखि यही काम गरिरहेको छु । अनुभव बटुलेको छु, तर समस्या नहुने, सबै थाहा हुने भन्ने हुदैन । कतिपय कुरा पहिलो पटक प्रयोग गर्ने पनि हुन्छ । यसको मतलब फेरि एनेस्थेसिया गर्नु असुरक्षित हुने भन्ने होइन । सबै कुरा सन्तुलनमा राखेर गरिएको हुन्छ । बिरामीले डराउनु आवश्यक छैन ।

बिरामीहरुले चाँहि डाक्टरहरु उपचार गर्ने क्रममा निर्दयी हुन्छन् भन्ने अनुभव सुनाएको पाइन्छ । तपाईलाई कस्तो लाग्छ ?

कोही पनि मान्छे निर्दयी हुने भन्ने कुरा नै हुँदैन । तर समय परिस्थिति र अवस्थाले मान्छेलाई आवश्यकताअनुसार प्रस्तुत हुनुपर्ने हुन पनि सक्छ । म त त्यसको उल्टो छु, म जस्तो बिरामी छ त्यही अनुसार बोल्छु । बच्चा हो भने बच्चाकै अनुसार, ठूलो हुनुहुन्छ भने त्यही अनुसार बोल्छु । एउटा सम्बन्ध बाँधेर उपचार गर्ने हो भने पक्कै काममा मिठास हुन्छ ।

एउटा वयस्क व्यक्तिलाई एनेस्थेसिया दिनु र बच्चाहरुलाई दिनुमा केही फरक हुन्छ ?

उमेरले, उसको शरीरले अवश्य फरक पार्छ । वयस्कहरुभन्दा बच्चाहरुलाई एनेस्थेसिया प्रयोग गर्नु एकदमै चुनौतीपुर्ण हुन्छ । बच्चा भन्ने वितिकै नाजुक हुन्छ, उसको परिवारहरु रोइरहेका हुन्छन् । त्यो देखेर बच्चाहरुलाई झन् डर हुन्छ, उसलाई कसरी अपरेशन टेबलसम्म लाने भन्ने कुरा नै चुनौतीको विषय हो । वयस्कहरुको हकमा त्यो सजिलो हून्छ । बच्चाहरुलाई सम्हाल्न पनि गारो नै हुन्छ ।

एक पटक एनेस्थेसिया प्रयोग गरिसकेपछि त्यसले दीर्घकालीनरुपमा असर गर्ने सम्भावना कति हुन्छ ?

यसमा धेरै अनुसन्धानहरु भएका छन् । एनेस्थेसिया दिएपछि मान्छेलाई कुनै असर पा¥यो कि भन्ने चासो हामीलाई पनि हुन्छ । तर ठ्याक्कै यस्तो असर भनेर खुलेको छैन । तैपनि व्यक्तिको निर्णय क्षमतामा त्यसले असर पु¥याएको कुरा चाँहि आउने गर्छ । अर्को चाँहि स्मरण शक्ति पनि कम हुँदै जाने गरेको पनि सुनिन्छ । तर अहिले त्यस्तो जोखिमहरु कम छ । किनभने अहिले कुनै पनि औषधि प्रयोग गरिसकेपछि त्यसले आधा घण्टा, ४५ मिनेटसम्म मात्रै असर पु¥याउने गरेको हुन्छ ।

एनेस्थेसियाको विषयमा अरु केही भन्न चाहानुहुन्छ ?

एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराएको पाइन्छ । जुन आवश्यक छैन । यसमा जनचेतनाको अझै पनि आवश्यकता छ । कति जनालाई थाहा पनि हँुदैन । अपरेसन गर्ने बेला डाक्टर बेहोस बनाउने भन्यो भने आत्तिने, डराउने गरेको पाइन्छ । आफन्तहरु पनि डराएको पाइन्छ । त्यसकारण यसकोबारेमा जनचेतना नै आवश्यक छ । हामीले कतिपय प्राविधिक कुराहरुमा सामान्य जानकारीमात्रै भएपनि राखिराख्नुपर्छ ।

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...