NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

 

जेठ ६, २०८१, काठमाडौँ, आजको डिजिटल युगमा हरेक उद्‌योगका लागि अपरिहार्य आवश्यकला बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा दुत रूपमा अगाडि बढिरहेको छ।

लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल-टाइम उधाहरु हायर पर्चेज क्षेत्रका ग्राहकहरुका लागि सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरु अति जरुरी हुने हुँदा बढ्‌दो डिजिटल उपयोगिता हायर पर्चेज उद्‌द्योगमा पनि लागू हुन्छ। यसर्थ, ‘एमएचपीएल एप’ को सुरुवात ग्राहकहरुको सेवामा सहजता प्रदान गर्नका लागि एउटा कोसाढुंगा हो।

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरुका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रुपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ।

अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरुले भौतिक रुपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्‌ने छ। एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो।

एमएचपीएल एप निम्नलिखित सुविधाहरुसहित निर्माण गरिएको छ।

कर्जा विवरणहरुको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्युत्तिय विकल्पहरु उपलब्ध

कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरु

झन्झटमुक्त अनुभवका लागि युजर-फ्रेन्डली इन्टरफेस

 

काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रममा एमएडब्लू गुप अफ कम्पनीजका प्रबन्ध निर्देशक श्री विष्णु अग्रवाल र एमएचपिलएलका महप्रबन्धक श्री प्राणनाथ भट्टराईले ‘एमएचपीएल एप’को सुरुवात गर्नु भयो।

एमएचपीएलमा हामी हामा ग्राहकहरुका लागि निरन्तर रुपमा सुविधाहरु बढाउन हरसम्भव प्रयास गर्दै आएका छौं। आजको ‘एमएचपीएल एप’ अनावरण हामीलाई हामा ग्राहकसँग अझै बढी डिजिटल र प्रभावकारी ढंगले जोडिनका लागि एउटा कोसेढुंगा सावित भएको छ।

एमएचपीएल एप मार्फत् अब ग्राहकहरुले आफ्ना कारोबारको रियल टाइम इनसाइटहरु प्राप्त गर्न सक्नेछन्। यो त केवल सुरुवात हो. हामी बजारको मागलाई सम्बोधन गर्दै एपका सुविधाहरुलाई अझै समृद्ध बनाउन निरन्तर प्रतिबद्ध छौं’, एमएचपीएलका महानिर्देशक प्राणनाथ भट्टराईले भन्नु भयो।

एमएचपीएल एमएडब्लू ग्रुप‌द्वारा प्रवर्धित र नेपाल राष्ट्र बैंक‌द्वारा इजाजत प्राप्त हायर पर्चेज क्षेत्रको एक चिरपरिचित नाम हो। कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गरिसकेको छ। यसले हालसम्म आफ्नो व्यापक संजाल मार्फत् नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ।

एमएचपीएलले दुई पाङ्‌ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवैखाले अटोमोबाइलहरू, सेकेण्ड ह्याण्ड कारहरु, व्यापारिक सवारीसाधनहरु [इभी र फोसिल फ्युल इन्धन, भारी र कृषि उपकरणहरूलाई ऋण उपलब्ध गराउँछ।

संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उ‌द्यमहरुलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंकको ५० लाख रुपैँया सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंकको ५०...

वि.सं.२०८१ असोज २४ बिहीवार २२:१८

  काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको...

कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट

कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत...

वि.सं.२०८१ असोज २४ बिहीवार २२:१५

  काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा...

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता,...

वि.सं.२०८१ असोज २३ बुधवार २२:३१

  काठमाडौँ २३ असोज । ग्लोबल आइएमई बैंक लिमिटेड र...

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख रुपैयाँ सहयोग

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख...

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५७

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा...