CG Electronics
Ncell NPL
NIMB

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो ।

उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो । यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधान तर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको छ । अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशिलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरुमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रुपमा कार्य गरेको छ ।

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रुपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो । बीवाईडी ईभी प्रयोगकर्ताहरुका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ । निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।


‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रुपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रुपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भन्नुभयो, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्शाउछ ।

आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरुलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ । यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्न पाएकोमा हामी गौरवान्वित छौ ।’

बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन् । यी गाडी इनर्जी एफिसियन्ट समेत छन् । इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ ।

सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेर साइमेक्स इंकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र आफूलाई नेपालमा दिगो यातायात समाधान गर्ने कार्यमा एक लिडरको रुपमा उभ्याएको छ । यस प्रकारका नवप्रवर्तन र ग्राहक केन्द्रीत अभियानमार्फत साइमेक्स इंक आगामी दिनमा समेत देशमा सकारात्मक परिवर्तन ल्याउन र मोबिलिटीको भविष्य निर्माण गर्न सधै प्रतिबद्ध रहने छ ।

 

 

CG Electronics
केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने सौभाग्यशाली विजेता घोषणा

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२९

  काठमाडौं। CG Electronics अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट...

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२५

    काठमाडौं। कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय...

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता अभिवृद्धिका लागि ब्रिटिस काउन्सिलद्वारा कार्यशाला

कल्चरल प्रोटेक्सन फन्डको १० वर्ष पूरा, क्षमता...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:२२

  काठमाडौं। साँस्कृतिक सम्पदाको संरक्षणका लागि सञ्चालित “कल्चरल प्रोटेक्सन फन्ड”...

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न पाउने टीसीएल क्याम्पेनको तेस्रो चरणको विजेता सार्वजनिक

टी२० विश्वकप : वानखेडेमा नेपालको खेल हेर्न...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:१४

काठमाडौं । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा...

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार भ्रामक : नेपाल विज्ञापन संघ

सरकारी विज्ञापन ‘३ अर्ब गायब’ भन्ने समाचार...

वि.सं.२०८२ माघ ९ शुक्रवार २२:०७

  काठमाडौं। सरकारी विज्ञापन कारोबारमा ‘३ अर्ब रुपैयाँ गायब भएको’...

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच सम्झौता,...

वि.सं.२०८२ माघ ९ शुक्रवार १४:४३

  काठमाडौं। एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच...