CG Electronics
Ncell NPL
TATA Banner

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ । नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा पुगेको छ । १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार ०.७९ को झिनो अंकले बढ्दै नेप्से २०१८.७६ मा पुग्दा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आज १३ उपसमूहमा सबै बढेका छन् । जीवन बीमा उपसमूह सर्वाधिक ४.३८ प्रतिशतले बढेको छ । निर्जीवन बीमा ३.८१, वाणिज्य बैंक २.६३, उत्पादन तथा प्रशोधन १.६८, विकास बैंक १.६२, लघुवित्त १.३६, होटल तथा पर्यटन १.३५, लगानी १.२९, जलविद्युत १.२५, म्युचुअल फण्ड १.१५, अन्य उपसमूह २.७६ प्रतिशतले बढेको छ ।

२०३ कम्पनीका सेयरमूल्य बढेर लगानीकर्ताले कमाउँदा ४० कम्पनीको घटेको छ । ४ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर छ । उक्त कम्पनीको १४ करोड ८० लाखको सेयर कारोबार भएको छ । यस्तै फस्र्ट माइक्रोफाइनान्सको ११ करोड ६८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड २३ लाख, पोखरा फाइनान्सको १० करोड ७१ लाख र सिटिजन लाइफ इन्स्योरेन्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

चार लघुवित्तहरु सबैको, आत्मनिर्भर, सामुदायिक र नेरुडे मिर्मिरेको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयरमूल्य घटेर गुमाउनेमा माण्डु हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त जलविद्युत कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर, बाराही हाइड्रो र गुराँस लघुवित्तको सेयरमूल्य पनि घटेको छ ।

बजार विश्लेषकहरुले आइतबारको बढोत्तरीलाई मौद्रिक नीति समीक्षाले बजारमा लगानीकर्ताको मनोबल बढाएको रुपमा लिएका छन् । मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई धितोपत्रहरु १ प्रतिशतमात्र बेच्न पाइने नियमलाई खुकुलो पार्दै एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बेच्न दिने नीति लिएको छ ।

बैंकहरुले सस्तो मूल्यका सेयरहरु खरिद गर्न सक्ने बाटो केन्द्रीय बैंकले सहज बनाइदिएको छ । चालु महिनादेखि ब्याजदर थप घट्दा सेयर बजार अझ बढ्ने अनुमान भइरहेको छ ।

CG Electronics
‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

एन आई सी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत विशेष छुट

एन आई सी एशिया बैंकको लकर सेवामा...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १८:३५

  काठमाडौं, मंसिर १९, २०८२। एन आई सी एशिया बैंकले...

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,०००...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १७:४६

  काठमाडौं । एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग...

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड, बैंक अफ द ईयर २०२५ बाट लण्डनमा सम्मानित

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ...

वि.सं.२०८२ मंसिर १८ बिहीवार १२:१८

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ...

आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै

आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय...

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०८:४५

  काठमाडौं । आज अन्तरराष्ट्रिय बैंक दिवस मनाइँदैछ । बिहीबार...

एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

एन आई ३१’ का ईकाइहरुको कारोबार खुल्ला

वि.सं.२०८२ मंसिर १७ बुधवार २२:२३

काठमाडौं । नबिल बैंक लिमिटेडको कोष प्रवर्द्धकत्वमा र नबिल इन्भेष्टमेन्ट...