Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

kumari  bank

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ । नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा पुगेको छ । १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ५ अर्ब २५ करोड १० लाख रुपैयाँमा कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार ०.७९ को झिनो अंकले बढ्दै नेप्से २०१८.७६ मा पुग्दा ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आज १३ उपसमूहमा सबै बढेका छन् । जीवन बीमा उपसमूह सर्वाधिक ४.३८ प्रतिशतले बढेको छ । निर्जीवन बीमा ३.८१, वाणिज्य बैंक २.६३, उत्पादन तथा प्रशोधन १.६८, विकास बैंक १.६२, लघुवित्त १.३६, होटल तथा पर्यटन १.३५, लगानी १.२९, जलविद्युत १.२५, म्युचुअल फण्ड १.१५, अन्य उपसमूह २.७६ प्रतिशतले बढेको छ ।

२०३ कम्पनीका सेयरमूल्य बढेर लगानीकर्ताले कमाउँदा ४० कम्पनीको घटेको छ । ४ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।

सर्वाधिक कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर छ । उक्त कम्पनीको १४ करोड ८० लाखको सेयर कारोबार भएको छ । यस्तै फस्र्ट माइक्रोफाइनान्सको ११ करोड ६८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड २३ लाख, पोखरा फाइनान्सको १० करोड ७१ लाख र सिटिजन लाइफ इन्स्योरेन्सको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

चार लघुवित्तहरु सबैको, आत्मनिर्भर, सामुदायिक र नेरुडे मिर्मिरेको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयरमूल्य घटेर गुमाउनेमा माण्डु हाइड्रोपावरका लगानीकर्ता छन् । उक्त जलविद्युत कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर, बाराही हाइड्रो र गुराँस लघुवित्तको सेयरमूल्य पनि घटेको छ ।

बजार विश्लेषकहरुले आइतबारको बढोत्तरीलाई मौद्रिक नीति समीक्षाले बजारमा लगानीकर्ताको मनोबल बढाएको रुपमा लिएका छन् । मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई धितोपत्रहरु १ प्रतिशतमात्र बेच्न पाइने नियमलाई खुकुलो पार्दै एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बेच्न दिने नीति लिएको छ ।

बैंकहरुले सस्तो मूल्यका सेयरहरु खरिद गर्न सक्ने बाटो केन्द्रीय बैंकले सहज बनाइदिएको छ । चालु महिनादेखि ब्याजदर थप घट्दा सेयर बजार अझ बढ्ने अनुमान भइरहेको छ ।

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:०५

  काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला...

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको अभ्यास

प्रिमियरका विद्यार्थीहरूद्वारा विद्यालयभित्र उद्यमशीलता, नवप्रवर्तन र नेतृत्वको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३७

काठमाडौं । प्रिमियर इन्टरनेशनल IB कन्टिन्युम स्कूल अन्तर्गतको NEB कार्यक्रमका...

Premier Empowers NEB Students through Innovation, Entrepreneurship, and Student Voice

Premier Empowers NEB Students through Innovation, Entrepreneurship,...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:३०

The NEB students at Premier International IB Continuum School led...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत नगद लाभांश पारित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ वैशाख २९ सोमवार १०:५७

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.ब. २०८०/०८१ को...

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध...

वि.सं.२०८२ वैशाख २८ आइतवार २३:४९

  काठमाडौँ । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी...