BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४१.३१४ मेवा क्षमताको सुपर बागमती हाइड्रोपावरमा लगानी गर्ने सम्झौता

 

काठमाडौं । लक्ष्मी सन्राईज बैंक लि. को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लि. बीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मे.वा. क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत रू ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विध्युत उत्पादनको अनुमति पत्र लिई आषाढ २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विध्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र ए.एन.के कन्स्ट्रकशन रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदक/ संस्थापकहरुको लगानी रहने छ ।

सो परियोजनामा लक्ष्मी सन्राईज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ ।

सो आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठुलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई मिराबेल रिसोर्टमा १५प्रतिशत सम्मको...

वि.सं.२०८१ भदौ २३ आइतवार १८:१०

    काठमाडौं . सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड...

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:३२

  काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

सूर्यज्योति लाइफको बीमा पोलिसि उपहार

वि.सं.२०८१ भदौ २१ शुक्रवार १५:१८

  काठमाडौँ । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार...

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा...

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:५४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार...

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

टेस्लाको नक्सालमा रहेको शोरुममा आगलागी

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:३२

काठमाडौं । राजधानी काठमाडौंको नक्सालमा रहेको नेपाल प्रहरीको मुख्यालयसँगै रहेको...

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

आईएमई लाइफले माग्यो २० जना ब्रान्च मेनेजर

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:१७

  काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेशका...