Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

प्रभु बैंकका ग्राहकलाई भास्कर आई केयरमा छुट

 

काठमाडौं । भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा र प्रभु बैंकका ग्राहकले छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया , पावर चस्मा , औषधी खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश का प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले निरन्तर स्तरिय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बैकले जनाएको छ ।

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले गर्‍याे सम्मान

हिमालयाज विजेता दीपक शाहलाई रोयल इन्फिल्ड नेपालले...

वि.सं.२०८१ कात्तिक १५ बिहीवार २१:१७

काठमाडाैँ । र्‍याली अफ हिमालयाजका विजयी दीपक शाहलाई रोयल इन्फिल्ड...

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो पास हुन्छ : उर्जामन्त्री खड्का

नविकरणीय उर्जा तथा उर्जा दक्षता विद्येयक चाँडो...

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १६:१९

काठमाडौँ, १३ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले...

माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज

माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १५:३४

  काठमाडौँ । यस माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण...

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

दशैं धमाका-झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ०१:२२

  काठमाडौँ । दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू...

एनआइसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनआइसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय...

वि.सं.२०८१ कात्तिक १२ सोमवार ११:०२

  काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै...

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफद्वारा मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम...

वि.सं.२०८१ कात्तिक १२ सोमवार १०:१५

  काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त...