Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

एन रेमिट : बिदेशबाट नेपालमा पैसा पठाउने भरपर्दाे र विश्वासिलाे माध्यम बन्दै

Machhapuchchhre Bank Limited

समय विज्ञान र प्रविधिको हो । समयको गतिसँगै नेपालकै पूरानो र विश्वासिलो बैंक नविलले आफूलाई प्रविधिमा अब्बल साबित गराउँदै लगेको छ । नयाँ पुस्ता डिजिटल बैंकिङ्गमा अभ्यस्त हुँदै गइरहेका छन । यही बिषयलाई मध्यनजर गर्दै नबिल बैंकले एन बैंक भर्चुअल बैंकिङ सेवा हो ।

समयानुकूल सेवालाई विस्तार गर्ने क्रममा नबिल बैंकले घरदेशदेखि परदेशसम्म छरिएर रहेका सबैलाई प्रविधिमार्फत जोड्नका लागि यो सेवा सुचारु गरेको हो । त्यसकै पछिल्लो उदाहरण हो बैंकले दुई बर्षदेखि सञ्चालनमा ल्याएको ‘एन रेमिट’ ।

उक्त एप प्रयोग गरी घरदेशदेखि परदेशसम्मलाई जोड्दै आएको हो । ‘एन बैंक’ एपमार्फत ग्राहकले नबिल बैंकमा खाता खोलेर वा नखोलीकन पनि विदेशबाट रकम नेपालमा पठाउने सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

विदेशमा बसेर तुरुन्तै नेपाल पैसा पठाउन नबिल बैंकको ‘एन रेमिट’ जो कोहीका लागि सजिलो सहयात्री हुने नबिल बैंकको जनाएको छ । बैंकका अनुसार विदेश पुगेका नेपालीहरूले आफू बसेको देशबाटै सहज बैंकिङ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले सुरक्षित ‘एन रेमिट’ सेवा सञ्चालनमा ल्याएको हो ।

नबिल बैंकको ‘एन रेमिट’ सेवा लिएर विदेशको जुनसुकै स्थानबाट मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर केही मिनेटमै पैसा पठाउन सकिनेछ ।

लाग्दैन अतिरिक्त शुल्क

नबिल बैंकले २२ डिसेम्बर २०२२ मा एन बैंक’ एप लञ्च गरेको थियो । त्यतिबेला नै बैंकले ‘एन रेमिट’ सुरु गरेको हो । शुरुमा ‘एन बैंक’ एपमार्फत नबिल बैंकको खातामा मात्रै पैसा पठाउने अवस्था रहेकोमा पछिल्लो ५ महिनायता बैंकले जुनकुनै बैंकका खातामा पैसा पठाउन सक्नेगरी ‘एन रेमिट’ को क्षमता विस्तार गरेको जनाएको छ ।

 

सुरुमा पैसा पठाउँदा देखिएका समस्या समाधान गरी बल्ल सबै नेपाली नागरिकका लागि ‘एन रेमिट’ सेवा सञ्चालनमा ल्याएको बैंकको भनाइ रहेको छ ।

अब बिना झन्झट रेमिट्यान्स पठाउने हो भने ‘एन रेमिट’ जो कोहीले प्रयोग गर्न सक्ने बैंकले स्पष्ट पारेको छ । अहिले नेपालमा रेमिट्यान्स पठाउने धेरै प्लेट फर्म छन् ।

धेरैजसो एपमा लग इन गरेर मात्र बल्ल नेपालमा पैसा पठाउन पाउने व्यवस्था रहेको छ । त्यसैगरी पैसा पठाउँदा पनि सर्भिस चार्ज (पाँच डलर, सात डलर) लिइरहेका पाइन्छन् ।

तर नबिल बैंकको एन रेमिट यस्तो प्लेट फर्म हो जहाँ लग इन गर्ने झण्झट न कुनै शुल्क तिरिरहनुपर्ने । विदेशी कार्ड हुनेले कुनैपनि शुल्क बिना नेपालमा पैसा पठाउन सक्नेछन् एन रेमिटको माध्यमबाट ।

कतिपय रेमिट्यान्स प्लेटफर्मबाट पैसा पठाउँदा खातामा पुग्न २४ घण्टा लाग्ने स्थिति छ तर नबिलको एन रेमिट यस्तो प्लेटफर्म हो । जहाँ मिनेटभरमा विदेशबाट पैसा नेपालको खातामा आइपुग्छ ।

सेवा लिन सहज

बैंकका अनुसार ‘एन रेमिट’ मार्फत रकम पठाउनका लागि सबैभन्दा पहिला नबिलको ‘एन बैंक’ एप डाउनलोड गर्नुपर्दछ । एप डाउनलोड भइसकेपछि ओपन गर्दा लग इन अप्सन देखाउनेछ ।

त्यसपछि नबिल बैंकको ‘एन बैंक’ एप लग इन गर्नुभन्दा अगाडि नै एपको तल्लो भागमा ‘ट्याप मी’ भन्ने बटनलाई थिच्नुपर्नेछ र त्यहाँबाट भित्र जान सक्नेछन् । त्यस पछि ‘एन रेमिट’ भन्ने अप्सन देखाउनेछ ।

त्यस लगायत त्यहाँ मोबाइल क्यास, गेट इन टच, डिजीटल सर्भिस, टप अफ, बिल्स, पेमेन्ट, एक्चेन्ज रेट लगायत अप्सनहरु रहेका छन् । विदेशबाट रकम नेपाल पठाउनका लागि अब तपाईले त्यहाँ ‘एन रेमिट’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यहाँ क्लिक गरेपछि एउटा फर्म भर्नुपर्नेछ । त्यो फर्ममा सुरुमा डलरमा कति पैसा पठाउने हो त्यो खुलाउनुपर्नेछ । डलरको अंक थिच्नासाथ त्यो बराबर नेपालमा कति पाउन सकिन्छ भनेर स्पष्ट त्यहीँ तुरुन्तै देखाउनेछ । जस्तै तपाईले १०० डलर पठाउँदा नेपालमा प्राप्त गर्ने रकम वा २०० डलर पठाउँदा पाउने रकम त्यहीँ नै देखाउनेछ ।

अनि प्रक्रिया पुरा गरेर यो सेवा अन्तर्राष्ट्रिय भिसा वा मास्टरकार्ड मार्फत सुरु गर्न सकिन्छ र रकम विदेशबाट नेपालमा पठाउन सकिनेछ । यसमा कुनै पनि शुल्क लाग्दैन । नबिलको ‘एन बैंक’ एपमार्फत नेपालमा रहेका नबिल बैंकसहित जुनकुनै बैंकमा पनि विदेशबाट फर्म भरेर रकम पठाउन सकिने बैंकले जनाएको छ ।

यसरी भर्नुहोस फाराम

पाउने व्यक्तिको विवरणअन्तर्गत कन्ट्री कोड, नेपालको मोबाइल नम्बर, खाताको नाम, खाता नम्बर चाहिनेछ । पठाउने व्यक्तिको इमेल ठेगाना, कन्ट्री कोड, मोबाइल नम्बर, नाम, बस्ने ठेगाना (बसेको देश), के कामको लागि पठाइएको हो (गिफ्ट, सामान किन्न, आफ्नै खातामा पठाएको) त्यो खुलाउनु पर्नेछ ।

यी विवरण इन्ट्री गरिसकेपछि कन्फर्मेसन पेज आउनेछ । त्यसपछि पठाउने र पाउनेको विवरण कन्फर्म हुनेछ र नेक्स्ट गरिसकेपछि कार्डको डिटेल हाल्नुपर्नेछ । यस पछि कार्डको नम्बर, एक्स्पायरी डेट, कार्ड भेरिफिकेसन भ्याल्यु (सिभीभी) विवरण त्यहाँ समावेश गर्नुपर्नेछ ।

 

त्यसपछि नेक्स्टमा क्लिक गर्नासाथ कार्डमा ओटिपी आउँछ र ओटीपी राख्नासाथ तुरुन्तै पठाउन चाहेको व्यक्तिको खातामा उल्लेखित रकम आउनेछ ।

बैंकका खातावालाहरुका साथसाथै नबिल बैंकमा खाता नभएका ग्राहकले पनि नबिल बैंकको ‘एन बैंक’ एप डाउनलोड गरी तलबाट स्क्रोल गरेर ‘ट्याप मी’ बटनबाट भित्र गएर ‘एन रेमिट’ क्लिक गरेपछि यो सेवा प्राप्त गर्न सक्नेछन् ।

यसका लागि नबिल बैंककै खाता भएको व्यक्ति आवश्यक नपर्ने बैंकले जनाएको छ । अहिले विदेशमा बस्ने जो कोही व्यक्तिले पनि ‘एन रेमिट’ बाट नेपालमा रकम पठाउन सक्नेछन् ।

अर्कोतिर नबिल बैंककै खातावालाले आफ्नो पासवर्ड राखेर ‘एन बैंक’ एप लग इन गरेपछि एपभित्र रहेको सेन्ड मनीमा जाँदा पनि ‘एन रेमिट’ देखिन्छ । त्यहाँ गएर पनि यो माथि उल्लेख गरेको प्रक्रियाअनुरुप जसैगरी विदेशबाट नेपालमा पैसा पठाउन सकिने नबिल बैंकले जनाएको छ ।

कम्तिमा सय बढीमा ५ हजार डलर

बैंकका अनुसार ‘एन रेमिट’ भनेको रेमिट्यान्सको त्यस्तो च्यानल हो जहाँ नेपाल, भारत र भुटान बाहेकका विदेशी कार्डबाट नेपालका जुनसुकै बैंकमा तुरुन्तै पैसा पठाउन सकिनेछ । त्यसका लागि विदेशमा बसेका नागरिकहरुको अनलाइन कारोबार गर्ने क्षमता हुनुपर्दछ ।

 

अर्कोतर्फ उनीहरुले कार्डको माध्यमबाट डलरमा कारोबार गर्ने क्षमता हुनुपर्दछ । भिजा वा मास्टर कार्डबाट तुरुन्तै नेपालका खातामा पैसा पठाउन सकिनेछ ।

बुझ्नुपर्ने कुरा ‘एन रेमिट’ का माध्यमबाट एक समयमा कम्तिमा १०० डलर र अधिकत्तम ५,००० डलरसम्म मात्र रकम पठाउन सकिने व्यवस्था रहेको छ ।

यदि कसैले विदेशबाट पैसा पठाउने स्थिति छ वा परिवारका आफन्त छन् भने उनीहरुलाई फोन, म्यासेज गरेर ‘एन बैंक’ एप डाउनलोड गर्न लगाई त्यहाँ भित्र ‘एन रेमिट’ मा फर्म भरेर आफूलाई नेपालमा पैसा पठाइदिन अनुरोध गरेमा तुरुन्तै नेपालका खातामा पैसा जम्मा हुन्छ ।

जहाँ नबिल, त्यहाँ ढुक्क

नबिल बैंकका अनुसार इलेक्ट्रोनिक गेटवेबाट ‘एन रेमिट’ को काम भइरहेको छ । यो थ्री डि सेक्युर भएको प्लेटफर्म हो । यसमा पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्ट्याण्डर्ड अर्थात् कार्डको इन्डष्ट्रि स्ट्याण्डर्डको सेक्युरिटी प्रोटोकल मेन्टेन गरिएको छ ।

 

विदेशको कार्डमा थ्रीडी सेक्युर कार्ड इस्युयरले जारी गरेको छ भने ओटिपी इन्टर नगरेसम्म यसमा कारोबार हुन सक्दैन । यो च्यानलमा नबिल बैंकले सुरुवातदेखि नै सुरक्षित तवरले इलेक्ट्रोनिक पेमेन्ट गेटवेको कारोबार गरिरहेको छ ।

ठूलादेखि साना ग्राहकसम्म इ–कमर्शमार्फत यही एप सञ्चालनमा ल्याइरहेको बैंकले जनाएको छ । चालिस वर्षको अनुभवसँगै सेक्युरिटी पनि उत्तिकै रहेको बैंकको दाबी छ ।

भिजा वा मास्टरकार्डले यो गेटवेबाट कारोबार गर्न दिनु भनेको उनीहरुले आफ्नो अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेपछि मात्र बल्ल कारोबार गर्न दिने भएकाले ढुक्क भएर सेवा लिन सकिने बैंकको दाबी छ ।

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उद्घाटन

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:०३

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष...

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५६

    काठमाडौं । भिसाले सञ्चालन गरेको ‘दसैँ अभियान २०२४’...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको रजत जयन्ती समारोह सम्पन्न

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको...

वि.सं.२०८१ चैत १३ बुधवार ०८:५३

  काठमाडौं, ११ चैत । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टरले २५औँ...