NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

सिटिजन्स बैंकद्वारा कैलालीका विद्यालयलाई सहयोग प्रदान

 

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्री डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ ।

विगत ५५ वर्षदेखि सञ्चालनमा रहेका र करिब एक हजार गरीब, जेहनदार विद्यार्थीहरू अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारकाे कमी रहेको हुँदा बैंकले उक्त सामग्री प्रदान गरको हो ।

बैंकको यो कार्यबाट ती विद्यालयका विद्यार्थीहरूको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख ४९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नाे सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंकको ५० लाख रुपैँया सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंकको ५०...

वि.सं.२०८१ असोज २४ बिहीवार २२:१८

  काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको...

कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत छुट

कामना बैंकका ग्राहकले बुद्ध एयरमा ८ प्रतिशत...

वि.सं.२०८१ असोज २४ बिहीवार २२:१५

  काठमाडौं । कामना सेवा विकास बैंकले बुद्ध एयरसँग सेवा...

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता, युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

ग्लोबल आइएमई बैंक र माइजोई बिच सम्झौता,...

वि.सं.२०८१ असोज २३ बुधवार २२:३१

  काठमाडौँ २३ असोज । ग्लोबल आइएमई बैंक लिमिटेड र...

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ...

वि.सं.२०८१ असोज २२ मंगलवार २३:०५

  काठमाडौँ २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास...

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख रुपैयाँ सहयोग

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्धारा २५ लाख...

वि.सं.२०८१ असोज २२ मंगलवार ०८:५७

काठमाडौं । प्रभु इन्स्योरेन्सले बाढी तथा पहिरोबाट पीडितको राहत तथा...