हरित अर्थतन्त्र र जलवायु कार्य प्रवर्द्धनका लागि युवा तथा जलवायु कार्य सम्मेलन सम्पन्न
Tuesday Jun 11, 2024
वि.सं.२०८१ जेठ २९ मंगलवार २२:१७
काठमाडाैं, २९ जेठ । हरित अर्थतन्त्र र जलवायु कार्य प्रवर्द्धनका लागि ब्रिटिस काउन्सिलद्वारा आयोजित युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न् भएकाे छ ।
जुन ३ मा शुरू भएकाे हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु सम्मेलनको उद्देश्य रहेको थियो। उक्त सम्मेलन जुन १० सम्म चलेको थियो।
सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए। कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरू मार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरेका थिए ।
संयुक्त अधिराज्य र नेपाल साझेदारहरूको कन्सोर्टियमसँगको सहकार्यमा, दिगो हरित अर्थतन्त्र र जलवायु कार्यमा केन्द्रित एक दिने विचारगोष्ठी समेत आयोजना गरिएकाे थियाे। गोष्ठीमा अन्तरक्रियात्मक संस्कृति कार्यशालाहरू र विद्यार्थी तथा विज्ञहरूका लागि डिजाइन गरिएको विशेष सत्रहरू समावेश गरिएकाे बताइएकाे छ ।