Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ विमोचन

 

नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ नामक पुस्तक विमोचन भएको छ।

काठमाडौंमा एक कार्यक्रमकाबीच थ्रि एस मिडियाद्वारा प्रकाशित थ्रु नेपाली आइज : द प्राक्टिस अफ चाइनिज पथ टु मोडरनाइजेशन नामक पुस्तक विमोचन भएको हो ।

यो पुस्तक जनवादी गणतन्त्र चीनको चिनियाँ कम्युनिष्ट पार्टी,अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेपालका कला, संस्कृति, इतिहास र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरुले गरेको ११ दिन लामो चीन भ्रमण सम्पन्न गर्दा चीनबाट बटुलेको अनुभवलाई पुस्तकमा उतारिएको छ ।

आधुनिकीकरणको यात्रामा प्रवेश गर्दै गरेको चीनको सुदूरपश्चिम–दक्षिणको सिचाङ प्रान्त हुँदै सुदूरपूर्व–दक्षिणको तिब्र गतिको आधुनिकीकरणको प्रक्रिया सम्पन्न भएको चच्याङ प्रान्तको यात्रा र वर्तमान आधुनिकीकरणको अनुभव पुस्तकमा समेटिएको छ ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले चिनियाँ नागरिक आधुनिक विकास र अनुसन्धानमा उत्कृष्ट रुपमा लागेको अनुभव गरेको बताउनु भयो । उहाँले छिमेकी देशले विश्व मानव विकास र कल्याण्का लागि गरेका कामहरु देखेर आफू भावुक बनेको बताउनु भयो ।

उहाँले विकासका लागि सरकारको चेत नै पहिलो शर्त रहेको अनुभव चीन भ्रमणबाट लिएको बताउनु भयो । कार्यक्रममा बोल्दै योहो टेलिभिजनका समाचार प्रमुख तथा कार्यक्रम सञ्चालक जीवराम भण्डारीले आफूले देखेको कुरा हेर्दा नयाँ अनुभव गर्न पाएको बताउनु भयो ।

उहाँले चिनियाँहरु नेपालीहरुको बारेमा धेरै नै सकारात्मक रहेको र नेपाली समाजलाई धेरै चासोका साथ लिने गरेको पाएको बताउनु भयो ।

नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बल तामाङले आधुनीकिकरणको चिनियाँ मोडेलबारे नेपालले पनि धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले चीनको सय वर्षे इतिहास गौरवशाली रहेको बताउँदै शास्त्रीय समाजवादी आर्थिक मोडेल मात्रै अपनाएको भए यो समृद्धि चीनका लागि सम्भव नरहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय च्याम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक मात्र नभइ सामाजिक, आर्थिक र व्यवसायिक रहेको बताउनु भयो । उहाँले विकासको क्षेत्रमा चीनबाट नेपालले धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले चीन सामाजिक, आर्थिक, प्राविधिक क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै हरेक क्षेत्रमा विकसित रहेको बताउनु भयो । चीनको विकास मोडेलबाट प्रभावित भएर नेपाल लगायतका विश्वका धेरे देशहरुले विकासको खाका कोरेको बताउनु भयो ।

उहाँले नेपाललाई चीनले विकासका साथै प्राविधिक क्षेत्र, सांस्कृतिक क्षेत्रमा पनि धेरै सहयोग गरिरहेको बताउनु भयो । कार्यक्रममा बोल्दै चीन मामिला विज्ञ हिरण्यलाल श्रेष्ठले चीनबाट नेपालले धेरै कुराहरुमा सहयोग प्राप्त गर्नसक्ने बताउनु भयो ।

उहाँले नेपालका लागि चीनको विकास धेरै नै आवश्यक रहेको बताउनु भयो । चीनसँग नेपालले  सांस्कृतिक, सामाजिक, आर्थिक, प्राविधिक र आधुनिकीकरणमा धेरै सहयोग माग्न सक्ने बताउनु भयो ।

 

चीनको आधुनिकीकरण र विकासले विश्वकै अर्थतन्त्रलाई परिवर्तन गरिदिएको उल्लेख गर्नुभयो । अग्रज कलाकार मदनदा। श्रेष्ठले नेपाल र चीनबीच परापूर्वकालेदेखि नै आपसी सम्बन्ध रहेको र चीनले नेपालको शान्ति, विकास र समुन्नतिका लागि उल्लेखनिय योगदान गरेको बताउनु भयो ।

कलाकार श्रेष्ठले पुस्तकमा चीनको विभिन्न शहरमा भ्रमण गरी नेपालीहरुले लिएको अनुभवलाई उतारिएको बताउनु भयो ।

 

भ्रमणमा पुगेका १८ जना कलाकार, पत्रकार, राजनीतिज्ञसहितले भ्रमणका क्रममा चीनको विकासलाई नजिकबाट नियाल्ने अनुभवका साथै चीनको समाजलाई बुझ्न् अवसर पाएको बताए ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...