Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ भव्यताका साथ सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौं । शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि “उडान –समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको थियो ।

उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो ।

रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिईएको थियो र साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ठ चार डिलरहरुलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट श्री निखिल अग्रवालले “विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरुले देखाएको धैर्यता र एक्यवद्धतालाई आधार मानेर शो शिर्षक राखिएको जानकारी दिए ।

जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुर स्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिल कुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वर प्रसाद गुप्ता ल जित्नुभएको थियो ।

त्यस्तै शिवम् सिमेन्टका सर्वोउत्कृष्ठ विक्रेता अन्तर्गत शिवम चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाज्यु ले जित्नु भएको थियो ।

समारोहमा नेपालको चर्चित कलाकारहरुका साथै भारतका ख्यातिप्राप्त कलाकारहरु कृष्ण अभिषेक र सुदेश लेहरीले बेजोड मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

देशभरका वितरक तथा विक्रेताहरुको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टसका अध्यक्ष श्री गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए ।

उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरुलाई थप उर्जा र हौशला प्रदान गर्ने धारणा राखे ।

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३०

  काठमाडौंं । यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति (वाणिज्य) प्राध्यापक...

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गतेदेखि भृकुटीमण्डपमा

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:१४

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण आगामी फागुन ८...

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर बिक्री सुरु

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर...

वि.सं.२०८१ फागुन ६ मंगलवार २२:१३

  काठमाडौं । काठमाडौंमा एमडब्ल्यू अर्थमुभर्स प्रा.लि.ले नेपाली बजारमा जेसीबी...

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौता

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बीच...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:४९

  काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट...

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गर्यो

नेपाल एसबिआई बैंकले आदर्श बालिका माध्यमिक विद्यालयमा...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:०१

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व...