Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सुखद नतिजा आउने काम गरिरहेको श्रममन्त्री अर्यालको दाबी

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले तत्काल परिणाम नदेखिए पनि सरकारले भविष्यमा सुखद् नतिजा आउनेगरि काम गरिरहेको बताएका छन् ।

मन्त्रालयको नेतृत्व गरेको आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । तत्कालै परिणाम नआए पनि दिगो रुपमा नेपाली नागरिकलाई स्वदेशमै राख्ने र विदेश जानै पर्दा सुरक्षित पठाउने विषयमा गम्भीर रहेको उनले बताए ।

उनले भने, ‘श्रम मन्त्रालयले गरेका कामको आजको आजै नतिजा नदेखिए पनि दिगो रुपमा कसरी नेपाली नागरिकलाई स्वदेशमै राख्न सकिन्छ भन्ने एउटा विषय र अर्को विषय विदेश जानै पर्दा कसरी सुरक्षित पठाउन सकिन्छ, कसरी बढीभन्दा बढी लाभ उहाँहरुलाई दिलाउन सकिन्छ भन्ने हाम्रो प्रयास भएको हुनाले हाम्रा सबैजसो बैठकहरुमा यही विषयमा छलफल हुन्छ ।’

रोजगारीको खोजीमा रहेका नेपाली नागरिकलाई समयसापेक्ष र निःशुल्क अभिमुखीकरण तालिमको विषयमा पनि प्रयास जारी रहेको उनले बताए ।
उनले भने, ‘नेपाली नागरिकहरु, जो रोजगारीको खोजीमा हुनुहुन्छ, उहाँहरुलाई प्रभाव पार्ने खालका कामहरुको सुरुवात गरेका छौ । त्यसैअन्तर्गत पूर्वप्रस्थान अभिमुखीकरण तालिममा ठूलो रकम खर्च गर्नुपर्ने एउटा निर्णय भएको थियो, यसलाई खारेज गरेर, यसको समयसापेक्ष के हुन सक्छ, र यसलाई सकिन्छ भने निःशुल्क कसरी कसरी गर्न सकिन्छ भन्ने विषयमा काम गरिरहेका सुखद नतिजा आउने काम गरिरहेको श्रममन्त्री अर्यालको दाबी ।’

अंग्रेजी विषयमा मास्टर्स डिग्री गरे पनि विदेशमा जानका लागि भाषा सिकेर मात्र जानुपर्ने भन्ने खालको कार्यविधि खारेज गरेको पनि उनको भनाइ छ ।यस्तै, उनले माग प्रमाणीकरणको काम अनलाइनबाट नै छिटो रुपमा गर्ने सुरुवात गरेको भन्दै साउन १ गतेबाट यो पनि लागू हुने पनि बताए ।

‘वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालयमा श्रम स्वीकृति १ घण्टामा ल्याउन सकिन्छ कि भनेर प्रयास गरेका थियौं र फलस्वरुप वैदेशिक रोजगारीमा जाने श्रमिकको समय, लागत र काम सजिलो भएको हामीले बुझेका छौं,’ । श्रम स्वीकृति सम्बन्धी सेवा प्रवाह चुस्त र प्रभावकारी भएको हामीले बुझेका छौं,’ उनले भने ।

कल सेन्टरका विषयमा अपेक्षाअनुसार तयारी नपुगेको उनले बताए । ‘कल सेन्टर स्तरीय बनाउनु पर्छ भन्ने कुरामा हामी सजग छौ र त्यसमा निरन्तर काम गरिरहेका छौं,’ उनले भने, ‘मलाई आशा छ, साउन १ गते पछाडि हामीले सोचेको जस्तो कल सेन्टर बन्छ र त्यसको तयारी असार महिनाभर निरन्तर गर्ने छौ । यसले विगतको तुलनामा एकदमै नागरिकलाई फाइदा पुगेको छ ।’

भर्खरै सम्पन्न श्रमाधान रोजगार मेलाबाट तथ्यांक संकलन गर्ने काम भएको उनले बताए । ‘यस्तो मेला गर्नको लागि सातै प्रदेशले आगामी वर्ष बजेट छुट्याउने प्रतिबद्धता गर्नु भएको छ, यो उपलब्धी हो,’ उनले भने, ‘रोजगारदाता र रोजगारीको खोजीमा रहेका मानिसको बीच समन्वय गराउने एउटा अवसरको पनि सुरुवात भएको छ ।’

मन्त्रिपरिषद्को बैठकबाट नै बालश्रम निषेध गर्ने ऐन २०५६ को अनुसूचीमा केही बुदाँहरु थपेको उनले बताए । राष्ट्रिय व्यवसायी सीप विकास तालिम नीति २०८० को मस्यौदा तयार भएको र आन्तरिक रोजगारी प्रवर्धन तथा श्रम प्रशासन सुदृढीकरणका लागि योजनाहरु अघि बढेको जानकारी उनले दिए ।

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र विमुक्तिकरण कार्यक्रम आवश्यक

आतंकवाद विरुद्ध नेपाललाई समन्वित सुरक्षा संयन्त्र र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:५१

  ९ जुलाई, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता...

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, नयाँ...

वि.सं.२०८२ असार २६ बिहीवार ०९:००

  काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन...

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:५५

  काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स...

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र...

वि.सं.२०८२ असार २६ बिहीवार ०८:४८

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको...