Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

Machhapuchchhre Bank Limited

 

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् ।

 

सोमबार साँझ बालुवाटारमा भएको भेटमा नेपालको विकास र विश्व बैंकले नेपालमा गर्दै आएको सहयोग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

भेटमा प्रधानमन्त्री दाहालले स्थिर विकास साझेदार विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गसँग आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताए । यस्तै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाएको दाहालको सचिवालयले जनाएको छ ।

 

यस्तै, प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचनाप्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मकरूपमा फाइदा लिन सकिने जानकारी ट्रोस्टसेन्बर्गलाई गराए । नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तरराष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए ।

 

विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सोही बैठकमा सहभागी हुन नेपाल आएका ट्रोस्टसेन्बर्गले दाहालसँग आज भेट गरेका हुन् । बैठक ४ असारदेखि ७ असार (१८ जुनदेखि २१ जुन २०२४) सम्म बैठक काठमाडौंमा चल्नेछ ।

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...