Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को १०औं संस्करणको लागि आवेदन खुल्ला

Machhapuchchhre Bank Limited

 

काठमाडौँ ।  गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको कुरा जानकारी गर्दछौ ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।

ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्दछ। नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र पहिचान गरेर पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो।

हालसम्म नेपालका ९ जना किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । दक्षिण एशियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टीन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरु गरिएको थियो।

यस वर्ष, हामीले पूर्वदेखि पश्चिमसम्म ५०+ शहरहरू र १००० विद्यालय÷कलेजहरूका १ लाखभन्दा बढी किशोर किशोरिहरुसम्म पुग्ने लक्ष्य राखेका छौं ।

देशभरिका प्रभावशाली किशोरकिशोरी आफैमा एउटा नयाँ सोच, विचार एवं सम्भावना तथा समाज परिवर्तनका नविन आयाम बोकेका हुन्छन्। सानै उमेरमा पनि ठुलठुला सपना एवं नविन प्रयासका कामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले जततउकस्ररनयिअबतिभभलजभचय।अयmरलभउब िमार्फत निशुल्क अनलाइन आवेदन भर्न सक्छन्। साथै, तपाईहरुले आफ्नो समुदायमा रहेका उत्कृष्ट किशोर किशोरीहरूको मनोनयन गर्न पनि सक्नु हुनेछ ।

पहिलो चरणमा कुल आवेदनहरुको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ। त्यसपछि उनीहरुको दृष्टिकोण, कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र ग्लोकल टीन हीरो नेपाल २०२४ को बिजेता घोषणा गरिनेछ ।

हरेक वर्षझै यस वर्ष पनि ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२४ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ ।

अन्तिम स्क्रीनिंग र साक्षात्कारका लागि निर्णायक टोलीमा गोल्छा गु्रप प्रा लिमिटेडकी डाइरेक्टर श्रीमती सीमा गोल्छा, डब्लु डब्लु यफ का कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर सुश्री चन्द्रिका कालिया, ब्अभ क्ष्लकतष्तगतभ या ःबलबनझभलत का डाइरेक्टर श्री आशिष तिवारी तथा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहनु हुनेछ ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छौ । ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, प्ँऋ पंचकन्या गु्रप, डिशहोम गो, ब्अभ क्ष्लकतष्तगतभ या ःबलबनझभलत, र रियल् जुसस प्रारम्भ साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा एति एयरलाइन्सस पी आर साझेदारमा प्रिज्मा एडभरटाईजिंगस आउटरिच पार्टनरको रूपमा ल्य ल्भहत त्तगभकतष्यल ९ल्ल्त्त०स समर्थकमा पिज्जा हट रहेका छन्।

 

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

निजामती कर्मचारी संगठनमा दुवै प्रतिवेदन पारित

वि.सं.२०८१ फागुन ६ मंगलवार १५:०६

  काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले १२ औं महाधिवेशनमा...

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत क्षेत्र अन्यौलमा छ, १८ महिनादेखि आइपीओ रोकियो : इप्पान अध्यक्ष कार्की

लेखासमितिका कारण १५ खर्ब लगानी रहेको जलविद्युत...

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:४८

  ६ फागुन, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल...

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल विजयी

नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३३

काठमाडौं । नेपाल औषधी थोक व्यवसायी संघको अध्यक्षमा गणेश नेपाल...

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

इन्टरनेशनल हुलाक टिकट महोत्सव गर्न संचारमन्त्रीको प्रस्ताव

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:३१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको...

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैन : मन्त्री पौडेल

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२९

काठमाडौं । बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त...

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम...

वि.सं.२०८१ फागुन ६ मंगलवार ००:२१

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित...