NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट
काठमाडौँ, ३ असार– विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।

ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।

भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए । आकी विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् ।

भेटमा मन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताए । विश्व बैंक समूहका उच्च अधिकारीहरुको काठमाडौँमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताए । उनले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिए ।

बैठक भव्य रुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उनको थियो । विश्व बैंकसँग नेपालको ६ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गरे ।

मन्त्री पुनले पाइपलाइनमा रहेका दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशी निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको उनले सराहना गरे । उनले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै उनले वित्तिय व्यवस्थापनको टुंगो छिट्टै लाग्ने विश्वास व्यक्त गरे ।

सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नती, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गरे ।

उनले २१औं आइडीए बैठकमार्फत विश्व बैंकले वित्तिय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गरे । फरक प्रसंगमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गरे ।

जवाफमा विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिए ।

नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उनले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताए । आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उनको भनाइ थियो ।

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक ( भिडियो सहित )

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक...

वि.सं.२०८१ असार ३० आइतवार ००:२५

काठमाडौ। माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

वि.सं.२०८१ असार ३० आइतवार ००:१७

  काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो...

सिमलताल पहिरो : दुई जनाको शव भेटियो, बेपत्ताको खोजीकार्य जारी

सिमलताल पहिरो : दुई जनाको शव भेटियो,...

वि.सं.२०८१ असार २९ शनिवार २२:३३

  काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

वि.सं.२०८१ असार २८ शुक्रवार २२:४३

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्...

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत राज्यले दिएन

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत...

वि.सं.२०८१ असार २८ शुक्रवार २२:०८

  काठमाडौँ । नेपाल निर्माण ब्यवसायी महासंघले राज्यले असार मसान्तमा...

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

वि.सं.२०८१ असार २८ शुक्रवार १५:४०

  काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलताको बारेमा...