NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

उद्योगमन्त्री गोयललाई आज बधाई सन्देश पठाउँदै उहाँले नेपाल र भारतबिच मित्रता, गहिरो सामाजिक, सांस्कृतिक सम्बन्ध र जनता-जनताबिचको घनिष्ठ सम्पर्क तथा सहयोगका बहुआयामिक क्षेत्र समेट्नेमा आशावादी रहेको उल्लेख गर्नुभएको छ । मन्त्री भण्डारीले भन्नुभएको छ, “वाणिज्य र उद्योगका क्षेत्रमा अझ प्रस्टरुपमा म विश्वस्त छु कि तपाईँको आगामी कार्यकालमा दुई देशबिचको बढ्दो व्यापार र लगानीलगायत आर्थिक सहयोग र साझेदारी नयाँ उचाइमा पुग्नेछ, हाम्रो द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध र सुदृढ सहयोग अभिवृद्धि साझा हितका विषय बहुपक्षीय र क्षेत्रीय फोरममा स्वीकार हुने छन् ।”

यस्तै, प्राकृतिक ग्यासमन्त्री पुरीलाई पठाइएको बधाई सन्देशमा मन्त्री भण्डारीले व्यापार र लगानीमा विद्यमान पारस्परिक लाभकारी सहयोग तथा साझेदारी दुई छिमेकी मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनका लागि महत्त्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभएको छ । भण्डारीले भन्नुभएको छ, “हाम्रो निरन्तर विस्तार भइरहेको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई थप गति दिन तत्पर छु ।

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक ( भिडियो सहित )

बबिना भट्टराईको स्वरमा ‘एउटा सानो घर’ सार्वजनिक...

वि.सं.२०८१ असार ३० आइतवार ००:२५

काठमाडौ। माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

वि.सं.२०८१ असार ३० आइतवार ००:१७

  काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो...

सिमलताल पहिरो : दुई जनाको शव भेटियो, बेपत्ताको खोजीकार्य जारी

सिमलताल पहिरो : दुई जनाको शव भेटियो,...

वि.सं.२०८१ असार २९ शनिवार २२:३३

  काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

वि.सं.२०८१ असार २८ शुक्रवार २२:४३

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्...

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत राज्यले दिएन

निर्माण व्यवसायीहरूको अरबौं रकम असार मसान्तमा समेत...

वि.सं.२०८१ असार २८ शुक्रवार २२:०८

  काठमाडौँ । नेपाल निर्माण ब्यवसायी महासंघले राज्यले असार मसान्तमा...

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलता

वि.सं.२०८१ असार २८ शुक्रवार १५:४०

  काठमाडौँ । नेपाली खेलकुदमा पछिल्लो समय क्रिकेटको सफलताको बारेमा...