Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनलाइन पोर्टलको शुभारम्भ

 

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन आवश्यक रहेको साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एपको आज एक कार्यक्रमको आयोजना गरी शुरु गरेको छ ।

उक्त मोबाइल एपको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाईटमा अनलाइन पोटल तथा मोबाइल एप मार्फत उक्त सेवाको शुभारम्भ गरेको हो । उक्त सेवा मार्फत २४सैं घण्टा बीमा सेवा लिन सकिने छ । साथै, बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दाबी समेत मोबाइल एपको माध्यमबाट कम्पनीमा जानकारी समेत गराउन सक्नेछ । साथै, ग्राहक महानुभावहरुले आफनो दाबीको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा पनि सोही एपबाट जानकारी लिन सक्नेछन ।

उक्त समारोहमा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ग्राहकहरुलाई प्रविधि मार्फत बीमा सेवा प्रदान गर्न र दुर दराजमा रहेका ग्राहकहरुलाई समेत समेटनको लागि कम्पनीले मोबाइल एपको माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद दिए । साथै, सिलवालले शुरुमा प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई अन्तत्वगत्व समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने र कम्पनीको व्यवसाय तथा नाफामा समेत बृद्धि हुने जानकारी गराए । अत्यमा, कम्पनीले मोबाइल एपको माध्यमबाट सेवालाई गुणस्तरीय रुपमा अगाडी बढाउन र बढी भन्दा बढी ग्राहकहरुलाई जोडनको लागि अग्रिम शुभकामना दिए ।

त्यसैगरी, सोही समारोहमा कम्पनीका अध्यक्ष ढकालले हाल सूचना प्रविधिको तिब्र गतिमा विकास भै रहेको परिप्रेक्ष्यमा कम्पनीका ग्राहकहरुलाई पनि प्रविधिको माध्यमबाट सहज सेवा प्रदान प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन सहज हुने र निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको जानकारी गराए ।

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा छुट

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र...

वि.सं.२०८२ असार ७ शनिवार २१:४५

  काठमाडौं । सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा...