NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

माछापुच्छ्रे बैंकद्वारा पुष्करणी परोपकार गोकुलधाम र बसन्त माविलाई गर्यो सहयोग

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ ।

बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशुचौपाया र विशेषगरी नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण एवम् व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ ।

छाडा पशुचौपायाको व्यवस्थापनले सडकमा हुने विभिन्न प्रकारका दुर्घटना न्यूनिकरण हुनुका साथै सडकमा छोडिएका पशुचौपायाको जीवन रक्षाका लागि बैंकले सो सहयोग गरेको हो ।

असार ४ गते मंगलबारका दिन आयोजित कार्यक्रमका बीच माछापुच्छ्रे बैंक सञ्चालक समितिका अध्यक्ष रोशन केसीले पुष्करणी परोपकार गोकुलधामलाई उक्त आर्थिक सहयोग प्रदान गरेका थिए ।

यसैगरी, बैंकले बाग्लुङ्ग जिल्लास्थित जैमीनी नगरपालिकाको छिस्तीमा रहेको बसन्त माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको छ ।

आर्थिक स्रोतको अभावका कारण निर्माणाधीन विद्यालय भवनको निर्माण कार्यमा अवरोध आइरहेको जानकारीमा आएपछि बैंकले उक्त विद्यालयको निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

असार ५ गते बुधबारका दिन बैंक सञ्चालक समिति सदस्य बन्दना केसी तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त पूर्वाधार बिद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर...

वि.सं.२०८१ असार २९ शनिवार २१:५८

  काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७...

नेशनल लाइफको लाभांश घोषणा

नेशनल लाइफको लाभांश घोषणा

वि.सं.२०८१ असार २९ शनिवार २१:५५

  काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष...

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ असार २९ शनिवार २१:५३

  काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने...

सनसिल्कसँग क्रिएटर अनर्स

सनसिल्कसँग क्रिएटर अनर्स

वि.सं.२०८१ असार २९ शनिवार २१:४८

काठमाडौँ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी...

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २०...

वि.सं.२०८१ असार २९ शनिवार १५:१६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लु क्रस...

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा...

वि.सं.२०८१ असार २९ शनिवार १५:१५

  काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको...