Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच  सम्झौता 

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा २०८१ आषाढ ६ गते उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा होटलको तर्फबाट अध्यक्ष हरि प्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई हस्ताक्षर गर्नुभयो।
चितवनको सौराहामा २०६७ सालमा स्थापित होटल सेभेन प्रा.लि. दुई तारे सुविधा सम्पन्न होटल हो। ५२ कट्ठा जग्गामा निर्मित होटलमा सुविधा सम्पन्न ४८ कोठा, स्वीमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हलहरू रहेका छन्।
होटलले निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटकलार्इ आकर्षित गर्न पाँच तारे स्तरको सुविधा प्रदान गर्ने गरि होटललार्इ स्तरोन्नती गरिहेको छ। आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना छ । त्यसको लागि थप पूँजीको आवश्यकता पर्छ। थप संस्थापक शेयरधनीहरू ल्याउने र सर्वसाधारणलार्इ शेयर जारी गरी पूँजीको ब्यवस्था गर्ने योजना रहेको होटलका अध्यक्ष हरि प्रसाद पाठकले जानकारी गराउनुभएको छ।
होटलको हालको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण, सर्वसाधारणलार्इ शेयर निष्काशन लगायत कार्यमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ। नेक्सजेन म्यानेजमेन्ट सम्पत्ति व्यवस्थापन र व्यवसायिक परामर्श दिने कम्पनी हो। छोटो अवधिमा यसले स्वदेशी र विदेशी उद्योगपति व्यवसायीलार्इ परामर्शदाताको सेवा दिन सफल भएको जानकारी गराउन चाहन्छौं।
महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरु, बम्परमा १ करोड नगद पुरस्कार

एनसेलको ‘सधैँ अन करोडपति’ योजना : छानिए...

वि.सं.२०८२ असार ९ सोमवार २२:१२

काठमाडौं । एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो...