Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बुधवार देखि खुल्यो खड्गदेवी मन्दिर

 

 

पुरातात्त्विक महत्वको प्राचिनकालीन मन्दिर खड्गदेवी मन्दिर २०८१ साल असार ५ गते बुधवार देखि सर्वसाधारणलाई दर्शनको लागी विधिवत् खुल्ला गरिएको छ । खड्गदेवी मन्दिर सञ्चालक समितिको बैठकले लामो समय देखि प्रयास गर्दै आएकोमा हाल आएर खुल्ला गर्ने निर्णयमा पुगिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीले बताउनुभएको छ । करिब ६०० वर्ष भन्दा पुरानो यस मन्दिर जातीय सहिष्णुताको प्रतीक समेत मानिन्छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातीका तिन पुजारीहरू समेत रहेका छन् ।

भगवान् शिवजीले राजा मणीमुकुन्द सेनलाई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राहृमणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र यस तरबारले नागको रूप लिएर घरको परिक्रमा गरिरहे पछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको र नागले तरबारको रूप धारण गरी उडेर बन्दिपुर डाँडामा खसी उछिट्टिएर यस ठाउँमा भगवान् शिवजीको सन्देश स्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको धार्मिक किम्बदन्ती रहेको छ ।

 

यहाँका बन्दीपुरेहरुले इष्ट देवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको ९ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबल, सक्षम, कुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आर्सीवाद पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । विशेष गरी सेना, प्रहरी र फलाम सम्बन्धी कार्य गर्नेहरूको लागी मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले बताउनु भयो ।

मन्दिर दर्शनको लागी केबलकारचोक देखि मन्दिर सम्म केबलकारमा सवार गरी सहज ढङ्गले दर्शनार्थीले देवीको दर्शन गर्न पाउनेछन् । बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म मन्दिर खुल्ला रहने अर्को मन्दिरका प्रमुख मगर खाँडे पुजारी राम कुमार आलेले बताउनु भएको छ ।

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

वि.सं.२०८२ असार ९ सोमवार २२:००

  काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही...

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८...

वि.सं.२०८२ असार ९ सोमवार २१:५३

पोखरा । पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा...

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...