NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank
Everest Bank Limited

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ ।

बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितका निम्ति सबै सरोकारवालाले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरुका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १८औं बार्षिकोत्सवको अवसर...

वि.सं.२०८१ असार २९ शनिवार २१:५८

  काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७...

नेशनल लाइफको लाभांश घोषणा

नेशनल लाइफको लाभांश घोषणा

वि.सं.२०८१ असार २९ शनिवार २१:५५

  काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष...

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ असार २९ शनिवार २१:५३

  काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने...

सनसिल्कसँग क्रिएटर अनर्स

सनसिल्कसँग क्रिएटर अनर्स

वि.सं.२०८१ असार २९ शनिवार २१:४८

काठमाडौँ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी...

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई ब्लु क्रस डेन्टलमा २०...

वि.सं.२०८१ असार २९ शनिवार १५:१६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लु क्रस...

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

प्राइम कमर्सियलले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा...

वि.सं.२०८१ असार २९ शनिवार १५:१५

  काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको...