NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

 

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ ।

मंगलबार एक कार्यक्रम गर्दै मञ्चको काठमाडौं च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना विद्यार्थी उद्यमीलाई सम्मान गरेको हो ।

पूर्व बैंकर, प्रेरक वक्ता तथा राजनीतिज्ञ अनिल केशरी शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथि वक्ताको रूपमा उद्यमी आभुषण ज्योती कंसाकार र युवा उद्यमी मञ्चका अध्यक्ष साहार जोशीको उपस्थिति रहेको थियो ।

शिक्षा क्षेत्रबाट मेरो शिक्षाका तिलक ढकाल, सामाजिक प्रभाव क्षेत्रबाट जोड इनिसियटका सौरभ तिवारी, ईकमर्सबाट महारानीकी दिप्सा खड्का, सूचना प्रविधिबाट डार्क म्याटरका हिमाल तिमिल्सिना, दिगो वातावरण र कृषि क्षेत्रबाट दिगो नेपालकी अञ्जना मल्ल सम्मानित भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सम्वृद्ध नेपाल निर्माणका लागि देशमै रोजगारी सिर्जना गर्न युवाहरू लाग्नुपर्ने बताए ।

‘देश विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस्ता कार्यक्रमले युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न हौसला प्रदान गर्छ,’ उनले भने, ‘सम्मानित भएका युवालाई आफ्नो प्रयास जारी राख्न र अरूलाई प्रेरित गर्न अनुरोध गर्दछु ।’

यस्तै कार्यक्रम बोल्दै उद्यमी आभुषण ज्योती कंसाकारले स्टार्टअप कल्चर बारे जानकारी दिदै स्टार्टअप र इन्नोभेसनमा युवाहरूलाई प्रेरित गर्नुपर्ने बताए ।

यस्तै नेपाल युवा उद्यमी मञ्चकी अध्यक्ष साहार जोशीले युवा उद्यमीको सफलतामा हौसला थप्दै भावी उद्यमशील पुस्ता तयार गर्न एनवाईईएफ प्रतिबद्ध रहेको जानकारी दिइन ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरकी अध्यक्ष प्रार्थाना शाखले आफ्नो उद्यमशीलताको यात्रा पनि विद्यार्थी जीवनबाट सुरू भएको बताउँदै विद्यार्थी उद्यमीलाई प्रोत्साहन गर्न र एउटा प्लेटफर्म प्रदान गर्न इमर्जिङ लिडर आयोजना गरिएको बताएन ।

इमर्जिङ लिडरका लागि देशभरबाट ५० बढी विद्यार्थी उद्यमीको आवेदन प्राप्त भएको थियो । नेपाल युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले नेपालमा स्टार्टअप इकोसिस्टम विकास गर्न विविध कामहरू गर्दै आएको छ ।

 

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी प्रदेशमा बर्षाको संभावना

बडादशैंको दिन देशभरको मौसम बदली : कोशी...

वि.सं.२०८१ असोज २६ शनिवार ११:१५

काठमाडौं । आज अुसोज २६ गते शनिबार बडादशैंको दिन देशका...

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो ३:३० र निर्मल निवासमा ४ बजेदेखि

सर्वसाधारणलाई दशैंको टीका : शीतल निवासमा दिउँसो...

वि.सं.२०८१ असोज २६ शनिवार ११:०२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा...

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

२०८१ सालको विजया दशमीको टीका लगाइँदै, बिहान...

वि.सं.२०८१ असोज २६ शनिवार १०:०६

काठमाडौं । वि।स। २०८१ सालको वडादशैं अर्थात विजया दशमीको टीका...

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

टुँडिखेलमा फूलपाती बढाइँ कार्यक्रम [तस्बिरहरू]

वि.सं.२०८१ असोज २४ बिहीवार २१:४६

काठमाडौँ । दसैँको सातौँ दिन बिहीबार फूलपाती बढाइँ गरिएको छ।...

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक...

वि.सं.२०८१ असोज २४ बिहीवार ११:०६

  काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै...

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

जग्गा सम्बन्धी व्यवस्था पुनरावलोनका लागि कार्यदल गठन

वि.सं.२०८१ असोज २३ बुधवार २२:४७

काठमाडौं । शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या...