स्वदेशमा भइरहेको लगानीहरुको प्रबर्द्धन तथा संरक्षणमा सरकारले अभिभावकत्व लिनुपर्छ : वर्तौला
Thursday Jun 27, 2024
वि.सं.२०८१ असार १३ बिहीवार ११:०५
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश वर्तौलाले सरकारको स्वदेशमा भइरहेको लगानीहरुको प्रबर्द्धन तथा संरक्षणमा सरकारले अभिभावकत्व लिनुपर्ने वताएका छन् ।
वर्तौलाले भनेः– “हामिले दुनियालाई नेपालमा आउ, लगानी गर, रोजगारी देउ, कर तिर भनिरहेको छौं । स्वदेशमा चलिरहेको उद्योग धन्दा र स्वदेशमा भइरहेको लगानीहरुको प्रबर्द्धन तथा संरक्षणमा सरकारले अभिभावकत्व लिनुपर्छ ।
सरकारले यस किसिमको वातावरण बनाउन नसक्दा कतिपय उद्योग धन्दा, कल–कारखानाहरु बिचैमा बन्द हुने अवस्था रहेको छ । सरकारले अनुमति दिएर खुलेका उद्योग धन्दाहरु पनि समयमै नविकरण नहुँदा नवीकरण गराईदेउ भनेर व्यवसायीहरु आन्दोलन गर्नुपर्ने अवस्था छ ।
ससर्थ, सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छ ।”
प्रतिनिधि सभामा लगानी सहजीकरण सम्वन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न वनेको विधेयकमा बोल्दै उद्योगहरु नवीकरण गर्नुपर्ने वताएको हो ।