Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु...

वि.सं.२०८२ असार ९ सोमवार २०:५४

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...