BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

“ढुक ढुक हैन, ढुक्क होऔँ” : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

 

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं ।” भन्ने ब्राण्डिङ क्याम्पियन ल्याएको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिएको केही समय पछि कम्पनीले उक्त क्याम्पियन ल्याएको हो ।

“जीवनमा हरपल हुन सक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बीमा मार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सृजना गर्दछ”, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ । यही यथार्थलाई विज्ञापनको माध्यमबाट आम नागरिकमा सचेतना जगाउने र कम्पनीको प्रचार प्रसार गर्ने लक्ष्य लिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

प्रसिद्ध कलाकार श्री मनोज गजुरेल ज्यूलाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धन गरिसकेको कम्पनीले यो “ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं ।” भन्ने ब्राण्डिङ क्याम्पियनको प्रमुख भूमिकामा समेत उहाँलाई नै अनुबन्ध गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आफ्ना ग्राहकहरूलाई जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा र निश्चिन्तता प्रदान गर्न समर्पित छ भन्ने सन्देशलाई अझ सुदृढ गर्न यो क्याम्पियन अघि सारिएको जनाइएको छ ।

जीवन बीमा गरेर ढुक्कको जिन्दगी जिउन सकिने कुरालाई उठान गरेको प्रचार सामग्रीहरुले जनमानसमा सकारात्मक प्रभाव पर्नेमा कम्पनी विश्वस्त रहेको छ । यस क्याम्पियनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका साथ साथै जीवन बीमा व्यवसाय प्रति नै सकारात्मक प्रभाव पर्ने कम्पनीको दाबी छ ।

एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा असोज २० गते

एभरेष्ट बैंकले बोलायो ३०औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०४

  काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारण सभा...

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

वैदेशिक रोजगार बीमामा प्राधिकरणले तोक्यो निश्चित मापदण्ड

वि.सं.२०८१ भदौ ३१ सोमवार १२:०२

  काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि जारी गरिने...

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र (एजुकेशन...

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:४५

काठमाडौँ । चाहनेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहजरूपमा उपलब्ध गराउने...

नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर र लकर सुविधा

नबिल गोल्ड बचत खाता: बीमासहित आकर्षक ब्याजदर...

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:३८

काठमाडौँ । नबिल बैंकले आफ्नो नबिल गोल्ड बचत खाता मा...

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ :...

वि.सं.२०८१ भदौ ३० आइतवार ०८:४९

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल काठमाडौं...

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाण्डौ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाण्डौ...

वि.सं.२०८१ भदौ ३० आइतवार ०५:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंकले राष्ट्रिय बाल दिवस २०८१ को...